

परासी, २१ मंसिर । पश्चिम नवलपरासीको पाल्हीनन्दन–३ बेलाशपुरमा मोटरसाइकलको ठक्करबाट सात वर्षीया बालिकाको ज्यान गएको छ । मृत्यु हुनेमा सोही ठाउँ निवासी पप्पु सहानीकी छोरी सात वर्षीया छेमा सहानी रहेको प्रहरीले जनाएको छ ।
परासी–महेशपुर सडख खण्डमा उत्तरबाट दक्षिणतर्फ गइरहेको लु ३० प ३१४१ नम्बरको पल्सर मोटरसाइकलले शनिबार साँझ बेलाशपुरमा पैदलयात्रा गरिरहेकी बालिकालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरदत्त पन्तले जानकारी दिनुभयो ।
दुर्घटनामा परी गम्भीर घाइते बालिकाको परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा सामान्य उपचारपछि भैरहवास्थित सिटी अस्पताल रिफर गरिएको थियो । टाउको, हाट,खुट्टा लगायतमा गम्भीर चोट लागेको बालिकाको उपचारको क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।