२०८२ मंसिर १०, मंगलबार
24 खबर अपडेट

रामग्राम महिला जेसीजको कार्यालय उद्घाटन

२०८२ मंसिर १०, मंगलबार प्रकाशित ( घण्टा अघि) ६९ पाठक संख्या

परासी, ९ मंसिर । रामग्राम महिला जेसीजको नयाँ कार्यालय उद्घाटन गरिएको छ। रामग्राम–३ परासीस्थित सिद्धार्थ होटल अगाडि स्थपना गरिएको कार्यालयको एक समारोहकाबीच उद्घाटन गरिएको हो ।
महिला जेसीजको कार्यालय उद्घाटन गर्दै पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष फातिमा खातुन अन्सारीले महिला नेतृत्व विकास, क्षमता अभिवृद्धि तथा समुदायमा सकारात्मक परिवर्तनका लागि जेसीजले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो । उहाँले नयाँ कार्यालय सञ्चालनमा आएपछि संगठनका कार्यक्रमहरू अझ प्रभावकारी रूपमा सम्पादन हुने र समुदायमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

Ll

रामग्राम महिला जेसीज वर्ष २०२५ की अध्यक्ष प्रिति कुमारी अग्रहरीले महिला जेसीजले विशेषगरी युवा उमेरका महिलालाई सक्षम, आत्मनिर्भर र नेतृत्ववान् बनाउन निरन्तर क्रियाशील रहेको बताउनुभयो । उहाँले महिला जेसीजको स्थापनादेखि नै आफ्नै कार्यालय नहुँदा असहज हुँदै आएकोमा अब नयाँ कार्यालय सञ्चालनसँगै संगठनात्मक कामलाई व्यवस्थित, गतिशील र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उक्त अवसरमा नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष सन्दिप अग्रहरी, रामग्राम जेसीजका अध्यक्ष विष्णुराज राव, निवर्तमान अध्यक्ष मोहन पौडेल, रामग्राम महिला जेसीजकी निवर्तमान अध्यक्ष विनिता खड्का, पूर्व अध्यक्षहरु प्रविता श्रेष्ठ, प्रभा ज्ञवाली, अनिता दवाडी तिवारी लगायतले शुभकामना व्यक्त गर्दै महिला जेसीजले आगामी दिनमा पनि महिला सशक्तीकरणका कार्यक्रमलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभएको रामग्राम महिला जेसीजकी महासचिव लक्ष्मी चौधरी मल्लले जानकारी दिनुभयो ।कार्यालय व्यवस्थपनका लागि पाल्हीनन्दन गाउँपालिकाले सहयोग गरेको हा ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस