२०८२ कार्तिक ३०, शनिबार
24 खबर अपडेट

सहकारी संस्थाहरूलाई सुशासन र पारदर्शिताको मार्गमा डोर्याउदै छौं :  नगर प्रमुख श्रेष्ठ

२०८२ कार्तिक २८, बिहिबार प्रकाशित ( दिन अघि) ९३ पाठक संख्या

​बर्दघाट,२७ कात्तिक । सहकारी संस्थाहरूलाई सुसाशित र पारदर्शीताको मार्गमा डोर्याउने गरी नगरले असल अभिभावकको भूमिका निर्वाह गर्ने तर्फ नगर केन्द्रित रहेको बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भएको छ ।

बर्दघाट नगरपालिका भित्र सञ्चालनमा रहेका सहकारी संस्थाहरूको आर्थिक वर्ष २०८१र०८२ को समीक्षा तथा अन्तरक्रिया कार्यक्रममा बोेल्दै नगर प्रमुख श्रेष्ठले उक्त कुरा बताउनु भएको हो ।

अहिलेको जटिल आर्थिक परिस्थितिबाट सहकारीलाई जोगाउन राज्यले प्रदान गरेको नीति, विधि र प्रविधिका आधारमा सहकारी संस्था सञ्चालन हुनुपर्ने भन्दै नगर प्रमुख श्रेष्ठले सहकारीको कारोबारभन्दा पनि व्यवसाय गर्ने र किसानलाई सहयोग गर्ने अवस्था महसुसहुनेगरी काम गर्नु पर्नेमा जोड दिनु भएको थियो।

त्यसैगरी सोही कार्यक्रममा बोल्दै नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले ३ खम्बे अर्थ नीतिको कार्यान्वयनका लागि नगर सरकारले सहकारी मार्फत मल, बीउ, बिरुवा जस्ता विषयको व्यवस्थापन गर्दे आएको धारणा राख्नु भएको थियो । उहाँले नगरका सहकारीहरु नगर सरकारसंग सहकार्य गरेर अघिबढ्नु पर्नेमा जोडदिनु भयो । नगर सहकारी सञ्जालको सक्रियता नभएको र सहकारी शिक्षामा केहि कमी भएको आभाष महसुस भएको भन्दै स्थानिय उत्पादनहरु सहकारीहरू मार्फत बजारीकरण गर्दा बिचौलियाको समस्या हट्ने उपाध्यायको भनाइ थियो।

राज्यले सहकारीको अधिकार स्थानीय तहलाई दिए पनि सीपयुक्त व्यक्ति तथा ज्ञान सीप हस्तान्तरण नभएकोले अनुगमनका सन्दर्भमा केही कमजोरी भएको प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले स्वीकार गर्दै आगामी दिनमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो।

बर्दघाट नगरका विभिन्न सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरू र कर्मचारीको सहभागिता रहेको सहकारी संस्थाहरूको आर्थिक वर्ष २०८१र०८२ को समीक्षा तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै ग्रामीण वाल्मीकि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ​रबिन्द्र बिक्रम हमालले राज्य अर्थात स्थानिय सरकारअभिभावक बन्न नसक्दा सहकारीहरूमा समस्या आएको धारणा राख्नु भएको थियो । उहाँले सहकारीहरुले आफ्नो उद्देश्य अनुरूप काम नगरेको खण्डमा दण्ड जरीवाना गर्ने काम समेत राज्यले गर्न नसकेर निर्ह बनेको बताउनु भयो । सरकारले सहकारीहरुलाई केहि नदिएर वित्तीय अनुसासन कायम गराए मात्र पुग्ने अध्यक्ष हमालको भनाई थियो ।

समिक्षा कार्यक्रममा ​विष्णु बराल, विष्णु बस्नेत, जित बहादुर श्रेष्ठ, रबिन शर्मा चापागाईं, कुस्माकर ढकाल लगाएले सहकारी सञ्जालको भूमिका, सामाजिक उत्तरदायित्वमूलक कार्यहरू, तरलता व्यवस्थापन, स्थानीय उत्पादनको बजार व्यवस्थापन, असल अभ्यास भएका सहकारीहरूको नियमन, वित्तीय साक्षरता, नयाँ अभ्यास तथा कोषको सदुपयोग र परिचालनका विषयमा चर्चा गर्नुभएको थियो।

प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले ‘मर्यादित सहकारी, समुन्नत समाज’ का विषयमा आफ्नो धारणा राख्दै सहकारी ऐन र नियमावलीका विषयमा सहजीकरण गर्नुभएको कार्यक्रममा , बर्दघाट नगरको ​कृषि तथा पशु विकास शाखाका ​नवीन ढकालले भूमिहीन किसान, तरकारी र मकै पकेट क्षेत्रको सन्दर्भमा जानकारी गराउनु भएको थियो भने पशुपन्छी विकास शाखाका ​भरत लम्सालले पाडा प्रवर्द्धन गर्ने कार्यक्रम सञ्चालनका वारेमा र ५ वटा दुग्ध सहकारी तथा मासु प्रशोधन केन्द्र स्थापना गर्ने योजनाका वारेमा जानकारी दिनु भएको थियो।

त्यसैगरी ​बर्दघाट नगरपालिकाका सहकारी शाखा प्रमुख सिर्जना अर्यालले नगरपालिका भित्र स्थानीय तह स्तरीय २३, प्रदेश १६ र संघ ४ गरी जम्मा ४३ वटा सहकारीहरू सञ्चालनमा रहेको जानकारी गराउनु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस