२०८२ कार्तिक ३०, शनिबार
24 खबर अपडेट

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालद्वारा बर्दघाटमा वडा समिति विस्तार

२०८२ कार्तिक २८, बिहिबार प्रकाशित ( दिन अघि) ९७ पाठक संख्या

नवलपरासी, २७ कार्तिक । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल बर्दघाट नगर संगठन समितिले वडा समिति गठन गरेको छ । विहीवार बर्दघाट–१४ धर्मबस्तीमा आयोजना गरिएको संयुक्त वडा भेलाबाट पार्टीले बर्दघाट नगरपालिकाको वडा नम्बर १४,१५ र १६ मा छुट्टाछुट्टै वडा संगठन समिति गठन गरेको हो ।
बर्दघाट वडा नम्बर १४ मा गोबिन्द बहादुर साठीघरेको संयोजकत्वमा टिकाराम परियार, बल बहादुर कुमाललगायत सदस्य रहेको पाँच सदस्सीय, १५ नम्बर वडामा टिबी गुरुङको संयोजकत्वमा चुडाबहादुर विकलगायत सदस्य रहेको पाँच सदस्सीय र वडा नम्बर १६ मा खेम बहादुर गुरुङको संयोजकत्वमा गौरी पोखरेल, हर्कबहादुर गुरुङ, पदमराज पौडेललगायत सदस्य रहेको सात सदस्सीय वडा समिति गठन गरेको पार्टीले जनाएको छ ।
तीनवटै वडाका टोलहरुमा ईकाई (सेल) समिति गठन र क्रान्तिकारी संयुक्त मोर्चा नेपालको सदस्यता विस्तारको कामलाई समेत ब्यवस्थित गर्ने तयारी भएको नगर संयोजक ज्ञान बहादुर केसीले जानकारी दिए ।
कार्यक्रममा पार्टीका युवा नेता समेत रहेका बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेयले वर्तमान दलाल ब्यवस्थाको बिकल्पमा नयाँ जनवादको खुडकिलो पार गरेर बैज्ञानिक समाजवादमा देशलाई पु¥याउनु क्रान्तिकारीहरुको दायित्व रहेको बताए ।
उनले संसदवादीहरुको एकताले देशलाई निकास दिन नसक्ने बताउदै पार्टीले क्रान्तिकारी धुब्रीकरणको पहल लिईरहेको बताए ।
कार्यक्रममा शुभकामना ब्यक्त गर्दै अखिल नेपाल राष्ट्रिय थारु मुक्ति मोर्चाका केन्द्रीय महासचिव तथा पार्टीका जिल्ला कार्यालय सदस्य दुर्गानारायण चौधरीले सबै उत्पीडित जाति एंव वर्गको मुक्ति गर्ने पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी मात्र रहेको दावी गरे ।
गोबिन्द बहादुर साठीघरेको अध्यक्षतामा भएको कार्यक्रममा क्रान्तिकारी युवा संघ नेपालका जिल्ला संयोजक राम प्रसाद अर्गेजा, क्रान्तिकारी दलित मुक्ति मोर्चा नेपालका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक सोमबहादुर विश्वकर्मालगायतको आतिथ्यता थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस