२०८२ कार्तिक २३, शनिबार
24 खबर अपडेट

रामग्राम जेसीजद्धारा प्रभावकारी भाषणकला तालिम सञ्चालन

२०८२ कार्तिक २३, शनिबार प्रकाशित ( घण्टा अघि) ५४ पाठक संख्या

 

परासी, २२ कात्तिक । युवाहरुको आत्मविश्वास, अभिव्यक्ति र सार्वजनिक बोल्ने कलाको सीप विकास गर्ने उद्देश्यले रामग्राम जेसीजले प्रभावकारी भाषणकला तालिम सञ्चालन गरेको छ । परासीस्थित जेसीज सचिवालयमा शनिबार आयोजित एक दिने उक्त तालिममा यस क्षेत्रका युवाहरुको उल्लेख्य सहभागिता थियो ।
जेसीज युवाहरुको नेतृत्व र व्यक्तित्व विकास गर्ने महत्वपूर्ण माध्यम भएकोले भाषण कला नेतृत्वको मूल आधार रहेको रामग्राम जेसीज वर्ष २०२५ का अध्यक्ष विष्णुराज रावले बताउनुभयो । “यस किसिमका तालिमले युवाहरुको आत्मविश्वास बढाइ व्यक्तित्व विकासमा ठूलो मद्दत पुर्याउँछ”, उहाँले भन्नुभयो ।
तालिममा जेसीआइ नेपालका प्रशिक्षक रमेश अर्यालले प्रभावकारी भाषणका आधारभूत सिद्धान्त,आवाजको प्रयोग, हाउभाउ, आत्मविश्वास अभिवृद्धि, स्रोतासँगको सम्बन्ध लगायतका विषयमा व्यवहारिक प्रशिक्षण दिनुभएको रामग्राम जेसीज वर्ष २०२५ का महासचिव पुरुषोत्तम तिवारीले बताउनुभयो ।
तालिमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का प्रमुख भगौती यादव(रुदल)ले जेसीजबाट सिकेका कुरा नेतृत्वदायी तहमा पुगेका व्यक्तिहरुले व्यवहारिक रुपमा कार्यान्वयन गर्न सक्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेतृत्व र व्यक्तित्व विकास गर्ने जेसीज महत्वपूर्ण माध्यम भएको बताउँदै प्रभावकारी रुपमा बोल्ने र आफ्नो विचार प्रष्ट राख्न सक्ने वक्ता बन्न शुभकामना दिनुभयो ।
उक्त अवसरमा रामग्राम जेसीजका नितर्वमान अध्यक्ष मोहन पौडेल, नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष सन्दिप अग्रहरी, रामग्राम महिला जेसीजकी अध्यक्ष प्रिति कुमारी अग्रहरी,रामग्राम जेसीजका पूर्व अध्यक्ष पुरुषोत्तम ढकाल लगायतले शुभकामना व्यक्त गर्नुभएको कार्यक्रम संयोजक जेसीजका उपाध्यक्ष किरण कुमार गुप्ताले जानकारी दिनुभयो । तालिमको समापन रामग्राम जेसीजका संस्थापक अध्यक्ष श्याम कुमार बस्यालको प्रमुख आतिथ्यमा भएको थियो । तालिमका सहभागिहरुलाई प्रमाणपत्र वितरण गरिएको रामग्राम जेसीजले जनाएको छ ।

2

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस