२०८२ कार्तिक २२, शुक्रबार
24 खबर अपडेट

उपभोक्ता हित संरक्षण मञ्च नवलपरासीको अध्यक्षमा बराकोटी

२०८२ कार्तिक २२, शुक्रबार प्रकाशित ( घण्टा अघि) १३३ पाठक संख्या

परासी, २१ कात्तिक । उपभोक्ता अधिकारको क्षेत्रमा क्रियाशील नेपालको अग्रणी संस्था उपभोक्ता हित संरक्षण मञ्च नेपाल, नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) शाखाको अध्यक्षमा भोजराज बराकोटी निर्वाचित हुनुभएको छ ।
मञ्चको शुक्रबार परासीमा सम्पन्न पाँचौ जिल्ला अधिवेशन तथा साधारणसभाले बराकोटीको नेतृत्वमा आगामी तीन वर्षका लागि नयाँ जिल्ला कार्य समिति निर्विरोध निर्वाचित गरेको हो ।
बराकोटी यसअघि जिल्ला उपाध्यक्ष एवं कार्यबाहक अध्यक्ष हुनुहुन्थ्यो । यस्तै नवनिर्वाचित जिल्ला समितिको उपाध्यक्षमा मोहन पौडेल, सचिवमा धु्रवराज ज्ञवाली,कोषाध्यक्षमा राधा अर्याल निर्वाचित हुनुभएको निर्वाचन संयोजक एवं मञ्चका निवर्तमान केन्द्रीय सदस्य रामजी ज्ञवालीले जानकारी दिनुभयो । मञ्चको जिल्ला सदस्यहरुमा हुमनाथ आचार्य,शम्भु उपाध्याय,राजु देवान, ठगिश्वर पोखरेल,कुस्माखर ढकाल(कृष्ण),पुष्पा चौधरी निर्वाचित हुनुभएको छ ।
एक जना पछि मनोनीत गरिने जनाइएको छ । साधारणसभाले सचिव मोहन पौडेलले प्रस्तुत गरेको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष ध्रुवराज ज्ञवालीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन छलफलसहित पारित गरेको थियो ।
उपभोक्ता हित संरक्षण मञ्च नवलपरासीका कार्यबाहक अध्यक्ष बराकोटीको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव(रुदल)को प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा मञ्चकी केन्द्रीय सचिव सरस्वती शर्मा, बर्दघाट नगरपालिकाका मेयर शम्भुलाल श्रेष्ठ, उपमेयर रुद्रप्रकाश उपाध्याय, रामग्राम नगरपालिकाकी उपमेयर सम्झना चौधरी, सुस्ता गाउँपालिकाकी उपाध्यक्ष गीता चौधरी, उपभोक्ता हित संरक्षण मञ्चका संस्थापक जिल्ला अध्यक्ष एवं निवर्तमान केन्द्रीय सदस्य रामजी ज्ञवाली, स्वास्थ्य कार्यालयका निमित्त प्रमुख भेषराज शर्मा,नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरी, नेपाल बार एसोसिएसनका जिल्ला अध्यक्ष रामकृष्ण पौडेल, पत्रकार महासंघ नवलपरासीका अध्यक्ष केशव पराजुली लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस