२०८२ कार्तिक १६, शनिबार
24 खबर अपडेट

नेपाल जेसीजको १८ औँ राष्ट्रिय लेडी एकेडेमी रामग्राममा हुँदै

२०८२ कार्तिक १६, शनिबार प्रकाशित ( घण्टा अघि) २३२ पाठक संख्या

मोहन पौडेल
परासी, १५ कात्तिक । युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा सक्रिय संस्था नेपाल जेसीजको १८ औँ राष्ट्रिय लेडी एकेडेमी २०२५ पश्चिम नवलपरासीमा हुने भएको छ । नेपाल जेसीजको आयोजना तथा रामग्राम महिला जेसीजको आतिथ्यमा यही कात्तिक २९ र ३० गते रामग्राम नगरपालिका परासीमा राष्ट्रिय लेडी एकेडेमी हुन लागेको हो ।
जेसीजमा आवद्ध युवा महिलाहरुलाई लक्षित गरी उनीहरुको क्षमता अभिवृद्धि, नेतृत्व तथा व्यक्तित्व विकास सम्बन्धि प्रशिक्षण हुने यो कार्यक्रम नेपाल जेसीजले प्रत्येक वर्ष विभिन्न शाखाहरुको आतिथ्यमा सञ्चालन गर्दै आएको छ । नेपाल जेसीजले यस पटक भने रामग्राम महिला जेसीजलाई यो जिम्मेवारी प्रदान गरेको हो ।
सन् २०११ मा रामग्राम जेसीजले मातृत्व प्रदान गरी स्थापना भएको रामग्राम महिला जेसीजले पहिलो पटक राष्ट्रिय स्तरको कार्यक्रम आतिथ्य गर्न पाउनु गर्वको विषय भएको रामग्राम महिला जेसीज वर्ष २०२५ की शाखा अध्यक्ष प्रिती कुमारी अग्रहरीले दैनिक ट्वान्टीफोर खबर अनलाइनलाई बताउनुभयो ।
दुई दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रममा देशभरका १ सय ८४ जेसीज शाखामा आवद्ध युवा महिलाहरुको सहभागिता रहने अध्यक्ष अग्रहरीले बताउनुभयो । कार्यक्रममा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरका प्रशिक्षकहरुबाट प्रशिक्षण हुनेछ ।
“देशभर रहेका शाखाहरुबाट सहभागि हुने युवा महिलाहरुको सशक्तिकरण, क्षमता अभिवृद्धि हुनुको साथै रामग्राम क्षेत्रको पर्यटन प्रवद्र्धन तथा आर्थिक चलायमानमा पनि यो कार्यक्रमले महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरेका छौँ”, अध्यक्ष अग्रहरीले भन्नुभयो ।
यसैबीच नवलपरासीमै पहिलो पटक हुन लागेको राष्ट्रिय लेडी एकेडेमी सभ्य र भव्य रुपमा सफल बनाउने उद्देश्यले रामग्राम महिला जेसीजले शुक्रबार शाखाका पूर्व अध्यक्षहरुसँग छलफल गरेको थियो । उक्त छलफलबाट वर्ष २०१७ की अध्यक्ष रिंगला यादवलाई एकेडेमीको मूल संयोजकको जिम्मेवारी दिइएको छ । संयोजक यादवले राष्ट्रिय लेडी एकेडेमीलाई ऐतिहासिक बनाउने गरी सबैसँग सहकार्य र समन्वय गरी अगाडि बढ्ने बताउनुभयो । लेडी एकेडेमीका लागि आवश्यक तयारी शुरु गरिएको रामग्राम महिला जेसीजले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%

प्रतिक्रिया दिनुहोस