२०८२ कार्तिक १५, शुक्रबार
24 खबर अपडेट

जिल्ला प्रशासन कार्यालय नवलपरासीमा राष्ट्रिय गान गाएर सेवा शुरु

२०८२ कार्तिक १५, शुक्रबार प्रकाशित ( घण्टा अघि) ९० पाठक संख्या

परासी, १४ कात्तिक । जिल्ला प्रशासन कार्यालय नवलपरासी ( बर्दघाट सुस्ता पश्चिम) ले राष्ट्रिय गान गाएर सेवा शुभारम्भ गरेको छ। शुक्रबार  बिहान १० बजे सबै कर्मचारी प्रशासनको प्राङ्गणमा उभिएर राष्ट्रिय गान गाएपछि कार्यालयको सेवा सुरु गरिएको हो ।
अब यो प्रक्रिया दैनिक रुपमा निरन्तर रहने प्रशासनले जनाएको छ । कर्मचारीलाई सेवा प्रवाहप्रति उत्तरदायी बनाई नियमित समयमै कार्यालयमा उपस्थित हुन उत्प्रेरित गर्न आजदेखि प्रत्येक दिन बिहान १० बजे राष्ट्रिय गान गाउने र सेवाग्राहीको काम गरिने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले दैनिक ट्वान्टीफोर खबर अनलाइनलाई जानकारी दिनुभयो ।
लम्साल प्रजिअको रुपमा जिल्लामा हाजिर भएसँगसँगै उक्त कार्य सुरु भएको हो । यो अभियानले कर्मचारीमा राष्ट्रप्रतिको समर्पणको भाव र राष्ट्रप्रतिको अपनत्वको भाव थप सुदृढ भई लगनशीलता, काममा हौसलाका साथै समयमै कार्यालयमा हाजिर हुने बानीको समेत विकास हुने प्रजिअ लम्सालको भनाइ छ ।
यस कार्यलाई निरन्तरता दिइने बताउँदै यसले कर्मचारी र सेवाग्राही दुवैलाई समेत अनुशासित हुन टेवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
यससँगै कर्मचारी समयमा कार्यालयमा उपस्थित नहुँदा घण्टौँसम्म नागरिकता,राष्ट्रिय परिचयपत्र, राहदानी लगायतका सेवाका लागि कर्मचारीलाई कुरेर बस्नुपर्ने अवस्था नआउने विश्वास गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस