२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

पर्यटक आकर्षित गर्न बर्दघाटमा घण्टाघर निर्माण हुँदै

२०७८ अषाढ १३, आईतबार प्रकाशित ( साल अघि) १६५१ पाठक संख्या

मोहन पौडेल
परासी, १३ असार । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा घण्टाघर निर्माण हुने भएको छ । पर्यटक आकर्षण गर्न तथा बजारको सौन्दर्यता बढाउन घण्टाघर निर्माण गर्न लागिएको बर्दघाट नगरपालिकाले जनाएको छ ।
बर्दघाट ४ स्थित पाँचकुनेमा निर्माण हुने घण्टाघर झण्डै १०० फिट अग्लो हुने नगर प्रमुख धीरज शर्मा बस्यालले दैनिक 24 खबर डटकमलाई जानकारी दिनुभयो । घण्टाघर निर्माणको काम अघि बढीसकेको भन्दै उहाँले आगामी वर्ष भित्र सम्पन्न हुने जानकारी दिनुभयो ।
घण्टाघर निर्माणको लागि टेन्डर भईसकेको छ । नगरपालिकाले घण्टाघर निर्माणका लागि आगामी आव २०७८÷०७९ को बजेटमा रु ७५ लाख विनियोजन गरेको नगर प्रमुख बस्यालले बताउनुभयो । बजारको सौन्दर्यता र पर्यटकीय हिसाबले घण्टाघर उपयोगी हुने उहाँले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%१२%१%५%

प्रतिक्रिया दिनुहोस