२०८२ आश्विन २७, सोमबार
24 खबर अपडेट

सुनवलका व्यवसायीलाई अनिवार्य दर्ता र नवीकरण गरी गुणस्तरीय वस्तु विक्री गर्न निर्देशन

२०८२ आश्विन १०, शुक्रबार प्रकाशित ( हफ्ता अघि) २१४ पाठक संख्या

परासी, १० असोज । चाडपर्व सुरु भएसँगै पश्चिम नवलपरासीमा बजार अनुगमनलाई तीव्रता दिइएको छ । जिल्ला बजार अनुगमन समितिले विहीबार सुनवल नगरपालिकाका विभिन्न स्थानमा बजार अनुगमन गरी व्यवसायीलाई सचेत गराएको छ ।
जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च नवलपरासी, इलाका प्रहरी कार्यालय सुनवल र पत्रकारसहितको टोलीले सुनवलको वडा नं.३ खैरेनी, वडा नं.४ देवकोटा चोक तथा वडा नं. ९ को स्वाठीमा बजार अनुमगन गरेको घरेलु तथा साना उद्योग कार्यालयका उद्यम विकास सहजकर्ता मनोज चौधरीले जानकारी दिनुभयो ।
उक्त क्षेत्रमा सञ्चालित खाद्यन्न, होटल तथा रेष्टुरेण्ट,बेकरी,ग्यास,कस्मेटिक लगायत १८ वटा पसलमा अनुगमन गरिएको थियो । अनुगमनको क्रममा खाद्यन्न तथा होटलबाट म्याद गुज्रेका, लेबल नभएका र गुणस्तरीय खाद्य तथा पेय पदार्थ जफत गरी नष्ट गरिएको चौधरीले बताउनुभयो । व्यवसायीलाई गुणस्तरीय वस्तुमात्र विक्री गर्न निर्देशन गरिएको छ ।
यस्तै उक्त क्षेत्रमा सञ्चालित अधिकांश पसलहरुले लामो समयदेखि सम्बन्धित निकायमा नवीकरण नगरी व्यवसाय सञ्चालन गरिरहेको तथा केही पसल विना दर्ता समेत सञ्चालनमा रहेको भेटिएको थियो । दर्ता र नवीकरण नभएका पसलहरुलाई तत्काल कानूनको दायरामा आउन निर्देशन गरिएको छ भने मूल्यसूची र दर्ता प्रमाणपत्रहरु पसलमै देखिने गरी राख्न सचेत गराइएको जिल्ला प्रशासन कार्यालयका महेन्द्र भरले जानकारी दिनुभयो ।
व्यवसायीले दर्ता प्रमाणपत्रहरु खोजेको समयमा फेला पर्ने स्थानमा नराख्दा समस्या देखिएको उहाँको भनाइ थियो । जिल्ला बजार अनुगमन समितिले दशैँ लगायतका चाडपर्वलाई लक्षित गरी बजार अनुगमनलाई निरन्तरता दिएको छ । बुधबार पनि परासी बजारमा अनुमगन गरिएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस