२०८२ भाद्र २३, सोमबार
24 खबर अपडेट

जेन–जी आन्दोलनमा ठूलो मानवीय क्षति भएको भन्दै जसपा नेपाल नवलपरासीको सरकारप्रति आक्रोस

२०८२ भाद्र २३, सोमबार प्रकाशित ( घण्टा अघि) ७५ पाठक संख्या

परासी, २३ भदौ । भ्रष्टाचार र वेथितिको विरुद्ध आन्दोलनमा उत्रिएका जेन जीका युवामाथि सरकारले गरेको दमनप्रति जसपा नेपाल नवलपरासीमा कडा आपत्ति जनाएको छ । आन्दोलनमा ठूलो मानवीय क्षति भएको भन्दै जसपाले सरकारको कडा आलोचना गरेको हो ।
जसपाका जिल्ला अध्यक्ष धरेन्द्र यादवले आज एक विज्ञप्ति जारी गर्दै सरकारको कडा आलोचना गर्नुभएको हो । देशका विभिन्न स्थानमा जेन–जी (जेन–जी) ले सुरु गरेको विरोध प्रदर्शनका क्रममा काठमाडौँलगायत केही क्षेत्रमा भएको असंयमताका कारण मानवीय क्षति र अनियन्त्रित अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको यादवले बताउनुभयो ।

Dd2

संघीय समावेशी लोकतान्त्रिक गणतन्त्र नेपालमा सबै उमेर समूह, समुदाय, क्षेत्र र वर्गका नागरिकले आफ्नो अधिकार प्रयोग गर्दा अर्काको अधिकार हनन् हुने गरी प्रयोग गर्नु नहुनेमा जोड दिएको छ। विज्ञप्तिमा भनिएको छ, “सबै पक्षले संयमित भई आफ्ना दायित्व निर्वाह गर्नुपर्छ।”
जसपाले शान्तिपूर्ण आन्दोलनप्रति सहानुभूति जनाउँदै राज्य र प्रदर्शनकारी दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ।
आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै जसपाले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ। त्यस्तै, घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको पनि कामना गरिएको छ।
जसपा नेपाल नवलपरासीकै नेतृत्वमा आज साँझ परासी बुद्धचोकमा दीप प्रज्वलन गरी मृत्तकहरुप्रति श्रद्धान्जली तथा घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस