२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

सरावल गाउँपालिकाको बजेट ३३ करोड, स्वास्थ्य, कृषि, पूर्वाधार र रोजगार प्राथमिकतामा

२०७८ अषाढ १०, बिहिबार प्रकाशित ( साल अघि) १३२९ पाठक संख्या

मोहन पौडेल
परासी, १० असार । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको आठौँ गाउँसभा आजदेखि शुरु भएको छ । गाउँसभाले आगामी आव २०७८०७९ को बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ ।
गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीको अध्यक्षतामा भएको सभामा उपाध्यक्ष उत्तमा रायले आगामी वर्षको बजेट, नीति तथा कार्यक्रम पेश गर्नुभएको थियो । जस अनुसार आगामी आवका लागि सरावल गाउँपालिकाको बजेट रु ३३ करोड सात लाख ४० हजार रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलले दैनिक 24 खबर डटकमलाई जानकारी दिनुभयो ।
यसमा संघीय सरकारबाट प्राप्त हुने शसर्त बजेट जोडिएको छैन् । उहाँका अनुसार गाउँपालिकाले आगामी आवमा स्वास्थ्य, कृषि, पूर्वाधार र रोजगारी सिर्जनाको क्षेत्रलाई प्राथमिकता दिएको छ । गाउँपालिकाले दुग्ध उत्पादक कृषकलाई प्रोत्साहनका लागि प्रतिलिटर रु एकका दरले अनुदान दिने भएको छ ।
ज्येष्ठ नागरिक, अपांग, महिला स्वयमसेविका र एकल महिलालाई ल्याब परीक्षणमा पचास प्रतिशत छुट दिने नीति ल्याईएको छ । गाउँपालिकामा चार वटा ल्याब रहेका छन् । यस्तै गाउँपालिकाबासीलाई आँखाको अप्रेशन, मोतियाविन्दुको अप्रैशन, रगत निःशुल्क प्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिईएको अध्यक्ष राधेश्याम चौधरीले जानकारी दिनुभयो । गाउँपालिकाले एमबीबीएस डाक्टरको दरबन्दि सिर्जना गरेको छ । गाउँसभाको अर्काे बैठक आगामी असार १६ गते बोलाईएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%३%१%

प्रतिक्रिया दिनुहोस