२०८२ भाद्र २३, सोमबार
24 खबर अपडेट

निजामती सेवा दिवसको अवसरमा परासीमा प्रभातफेरी

२०८२ भाद्र २३, सोमबार प्रकाशित ( घण्टा अघि) ४० पाठक संख्या

 

परासी,२३ भदौ ।  २२ ओैँ निजामति सेवा दिवस आइतबार नवलपरासी सहित देशभर मनाइएको छ । मुलुकको स्थायी सरकारका रूपमा रहेका निजामती सेवाका कर्मचारीहरुले पश्चिम नवलपरासीमा प्रभातफेरी आयोजना गरी दिवस मनाएका छन् ।
जिल्ला प्रशासन कार्यालयको आयोजनामा परासी बजारका विभिन्न भाग परिक्रमा गरिएको थियोे । प्रभातफेरी कार्यक्रममा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारी,कर्मचारीका ट्रेड युनियन तथा संघ संगठनका प्रतिनिधि एवं विभिन्न सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो ।

IMG B877860f9c38ab107d7da0aba9693a67 V

उक्त अवसरमा सहायक प्रजिअ भण्डारीले सेवाप्रवाहलाइ सहज,छिटो छरितो र प्रविधिमैत्री बनाउन जोड दिनुभएको थियोे । निजामती सेवासम्बन्धी ऐन पहिलोपटक जारी भएको विक्रम संवत् २०१२ भदौ २२ गतेको स्मरण गर्दै २०६१ सालदेखि हरेक वर्ष भदौ २२ गते निजामती सेवा दिवस मनाउने गरिएको छ ।

IMG A1c1f71671d00d75f95a16ed646ca9ed V

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस