२०८२ भाद्र २२, आईतबार
24 खबर अपडेट

बर्दघाटमा रक्तदान कार्यक्रम सम्पन्न

२०८२ भाद्र २२, आईतबार प्रकाशित ( घण्टा अघि) ५४ पाठक संख्या

परासी, २२ भदौ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मदन भण्डारी फाउण्डेसन नवलपरासी र बर्दघाट उद्योग वाणिज्य संघको संयुक्त आयोजना तथा नेपाल रेडक्रस सोसाइी बर्दघाट उपशाखाको सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोग रहेको उक्त कार्यक्रममा १७ प्रिन्ट रगत संकलन भएको मदन भण्डारी फाउण्डेसनका अध्यक्ष श्याम बस्यालले जानकारी दिनुभयो । जिल्लामा रगतको अभाव हुन नदिने फाउण्डेसनले निरन्तर रक्तदान अभियान चलाइरहेको भन्दै अध्यक्ष बस्यालले आफू अध्यक्ष भएपछि यो चौथो रक्तदान कार्यक्रम गरिएको बताउनुभयो ।
समाजलाई सकारात्मक अभियानमार्फत अघि बढाउन फाउण्डेसनले विभिन्न रचनात्मक कार्यक्रमहरु गरी सामाजिक विकास तथा सुधारमा लागिरहेको उहाँको भनाइ थियो ।

Rrrr

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै संविधानसभा सदस्य विक्रम खनालले समाजमा सेवा सद्भाव भन्दा अराजकता र नौराश्यता बढेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले सबै राजनीतिक दल मिलेर समाजमा बढिरहेको अराजकता र वेथिती अन्त्य गर्दै समाजलाई सकारात्मक दिशातर्फ अघि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले रक्तदान अभियानको रुपमा सञ्चालन गर्नुपर्ने धारणा पनि व्यक्त गर्नुभयो ।
बर्दघाट उद्योग वाणिज्य संघका उपाध्यक्ष छत्र रणपालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा फाउण्डेसनका अध्यक्ष बस्याल, दिव्य ज्योति क्याम्पसका प्रमुख सागर पाण्डे, रेडक्रस बर्दघाट उपशाखाका सभापति नारायण अधिकारी, बर्दघाट उद्योग वाणिज्य संघका संस्थापक प्रदीप सुवेदी लगायतले रक्तदानको महत्वबारे प्रकाश पार्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस