परासी, १९ भदौ । नेपाल रेडक्रस सोसाइटीको ६३ औँ स्थापना दिवसको अवसरमा, आज नेपाल रेडक्रस सोसाइटी नवलपरासी जिल्ला शाखाले बिरामीलाई फलफूल वितरण गरेको छ ।
दिवसको अवसरमा आज सदरमुकाम परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा उपचार गराइरहेका ६० जना विरामीहरुलाई फलफूल वितरण गरिएको रेडक्रस जिल्ला शाखा सभापति राजेन्द्र अग्रहरीले जानकारी दिनुभयो ।
अस्पतालको आकस्मिक कक्ष, बहिरंग सेवा तथा प्रसुति कक्षमा उपचाररत बिरामीलाई फलफूल वितरण गरि स्वास्थ्य लााभको कामना गरिएको उहाँले बताउनुभयो । उक्त अवसरमा जिल्ला शाखाका उपसभापति माया अग्रहरी, उपकोषाध्यक्ष कृपाललाल यादव तथा कार्यकारी सदस्यहरु एवं कर्मचारीहरुको सहभागिता थियो ।
नेपाल रेडक्रस सोसाइटीको स्थापना वि.स. २०२० सला भदौ १९ गतेको दिन भएको थियो । दिवसको अवसरमा आज जिल्लाका विभिन्न उपशाखाहरुले पनि विभिन्न रचनात्मक कार्यक्रमहरु गरेका थिए ।