२०८२ भाद्र २०, शुक्रबार
24 खबर अपडेट

नेपाल रेडक्रस सोसाइटी परासी उपशाखाको कार्यालय उद्घाटन

२०८२ भाद्र १९, बिहिबार प्रकाशित ( घण्टा अघि) ९२ पाठक संख्या

परासी, १९ भदौ । नेपाल रेडक्रस सोसाइटी परासी उपशाखाले कार्यालय स्थापना गरेको छ । रामग्राम–६ पोखरापालीमा स्थापना गरिएको उपशाखाको कार्यालयको आज रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले उद्घाटन गर्नुभयो ।
वि.स.२०६८ सालमा स्थापना भएको रेडक्रस परासी उपशाखाको अहिलेसम्म आफ्नै भवन तथा कार्यालय थिएन् । रामग्राम नगरपालिका अन्र्तगत हाल रेडक्रसका चार वटा उपशाखा रहेकोमा अन्य तीन वटा उपशाखाको आफ्नै भवन भएपनि सदरमुकाम परासीमै रहेको उपशाखाको भने भवन नहुँदा कार्यालय सञ्चालन तथा कार्यसम्पादनमा असहज हुँदै आएको छ ।कार्यालयका लागि हरिओम फाउण्डेसनका सञ्चालक ओमप्रकाश अग्रहरीले कोठा उपलब्ध गराउनुभएको छ ।

R2

उपशाखाका क्रियाकलापलाई थप प्रभावकारी बनाउँदै कार्यसम्पादन सहज बनाउन आजदेखि कार्यालय स्थापना गरि सञ्चालनमा ल्याइएको उपशाखाका सभापति सन्दिप अग्रहरीले बताउनुभयो । विगतमा निष्क्रिय जस्तै रहेको परासी उपशाखाको नेतृत्वमा अग्रहरी निर्वाचित भएपछि अहिले यो उपशाखा जिल्लामै उत्कृष्ट उपशाखाको रुपमा स्थापित हुन सफल भएको छ ।
उपशाखाले रेडक्रस अभियानलाई सफल बनाउन आफ्ना गतिविधिलाई गति दिएको छ । नेपाल रेडक्रस सोसाइटीको ६३ औँ स्थापना दिवसको अवसरमा आजै उपशाखा अन्र्तगतका विद्यालयमा गठित जुनियर रेडक्रस सर्कलमा आवद्ध विद्यार्थीहरुलाई रेडक्रस अभियान र जुरेसको महत्व तथा भूमिकाको विषयमा अभिमुखीकरण समेत गरिएको सभापति अग्रहरीले बताउनुभयो । रेडक्रस जिल्ला शाखाका सदस्य एवं जुरेस युरेस संयोजक घनश्याम प्रसाद यादवले सहजीकरण गर्नुभएको थियो ।

R3

उक्त कार्यक्रममा रामग्राम नगरपालिकाकी उपप्रमुख सम्झना चौधरी, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति राजेन्द्र अग्रहरी, नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरी,वडा नं. ६ का वडा अध्यक्ष विद्यासागर त्रिपाठी,रेडक्रस परासी उपशाखाका संस्थापक सभापति अमृतसिंह जिसी, पूर्वसभापति आराधना भट्ट,प्याब्सनका केन्द्रीय सल्लाहकार सुमनगोपाल आचार्य, उपशाखाकी उपसभापति सीता कुँवर लगायतले शुभकामना व्यक्त गर्नुभएको रेडक्रस परासी उपशाखाका सचिव बसन्त पराजुलीले जानकारी दिनुभयो ।

R4

यसैबीच नेपाल रेडक्रस स्थापना दिवसकै अवसरमा परासी उपशाखाले आज साँझ परासी बुद्धचोकमा दीप प्रज्वलन गरेको छ । रेडक्रसकर्मीको सम्मान तथा शान्तिको कामना गर्दै दीपप्रज्वनल गरिएको थियो । उपशाखा सभापति सन्दिप अग्रहरीको अध्यक्षता तथा नगर उपप्रमुख सम्झना चौधरीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा रेडक्रस जिल्ला शाखाका सभापति राजेन्द्र अग्रहरी,नगर कार्यपालिका सदस्य नानुकुमारी खड्का, उपशाखाका निवर्तमान सभापति अवधेश यादव लगायतले शुभकामना व्यक्त गर्नुभएको सचिव पराजुलीले बताउनुभयो ।

45

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस