२०८२ भाद्र १८, बुधबार
24 खबर अपडेट

लुम्बिनी प्रदेशमै पहिलोपटक बर्दघाट खानेपानीले शुरु गर्यो “शून्य फोहोर अभियान”

२०८२ भाद्र १८, बुधबार प्रकाशित ( घण्टा अघि) ७५ पाठक संख्या

रामु भुसाल
बर्दघाट,१८ भदौ । पश्चिम नवलपरासीको बर्दघाट- ४ मा रहेको बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाले शून्य फोहोर अभियान सुरु गरेको छ ।
लुम्बिनी प्रदेशमा नै पहिलो पटक बर्दघाट  “खानेपानी र सरसफाई सबैका लागि, सधैंका लागि” भन्ने नारासहित उक्त अभियान सुरु गरिएको हो ।
अभियानको बुधबार उद्घाटन गर्दै बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाट नगरपालिकाले उच्च प्राथमिकताका साथ सरसफाइ र फोहोर व्यवस्थापनको अभियानलाई अघि बढाइरहेको बताउनुभयो। उहाँले नगर प्रमुखका १२ वटा अभियानअन्तर्गत शून्य फोहोर अभियानलाई पनि महत्वपूर्ण अंगको रूपमा सञ्चालन गरिएको जानकारी दिनुभयो।
श्रेष्ठले फोहोर व्यवस्थापनका लागि ल्याण्डफिल्ड साइट निर्माणको काम अघि बढिरहेको उल्लेख गर्दै नगर क्षेत्रका सबै खानेपानी तथा सरसफाई संस्थाहरूलाई पनि शून्य फोहोर अभियान सञ्चालन गर्न आग्रह गर्नुभयो।
नगरपालिकाका सस्थापक नगर प्रमुख धिरज शर्मा बस्यालले फोहोरको व्यवस्थापनका लागि स्रोतमै न्यूनिकरण, पुनः प्रयोग र पुनःचक्रण लाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो। उहाँले हाल बर्दघाटमा दैनिक करिब १६ मेट्रिक टन फोहोर उत्पादन भइरहेको उल्लेख गर्दै यसको व्यवस्थापनमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो।
संस्थाका अध्यक्ष दिपक लम्सालले बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था लुम्बिनी प्रदेशमै शून्य फोहोर अभियान सञ्चालन गर्ने पहिलो खानेपानी संस्था भएको जानकारी दिनुभयो। अभियानलाई थप प्रभावकारी बनाउन उपसमिति गठन गरिनुका साथै ८ लाख रुपैयाँको बजेट पनि छुट्याइएको उहाँले बताउनुभयो।
संस्थाका उपाध्यक्ष कमल थापाले शून्य फोहोर अभियान संस्थाको कार्यक्षेत्रभित्र रहेका २२ वटै टोलमा सञ्चालन गरिने जानकारी दिनुभयो। शुन्य फोहोर अभियान अन्तर्गत “सफा शहर, हाम्रो शहर”, “चुरे क्षेत्र संरक्षण गरौं”, “बृक्षारोपण गरौं”, “हामी दिन्छौं शुद्ध खानेपानी”, “सुधारौं हाम्रो बानी” जस्ता प्लेकार्डहरू बोकेर जनचेतनामूलक र्‍याली समेत निकालिएको थियो।
कार्यक्रममा बर्दघाट–४ का वडा अध्यक्ष बेदबिना तिवारी, संस्थाका सल्लाहकार रबिन्द्र बिक्रम हमाललगायत ले मन्तव्य राख्नु भयेको थियो।
जनप्रतिनिधि तथा समाजिक संस्थाका प्रतिनिधि,टोल बिकास सस्थाका प्रतिनिधि ,सन्चारकर्मी,लगायतले शुन्य फोहोर अभियानमा हस्ताक्षर गरि प्रतिबद्धता समेत व्यक्त गरेर कार्यक्रमको उद्घाटन गरिएको हो।
शून्य फोहोर अभियान सञ्चालनका लागि संस्थाका सचिव शोभकान्त कोइरालाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरिएको जानकारी दिइएको छ। अभियान सफल बनाउन “अभियान राम्रो छ, सबैले सहयोग गरौं” भर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
आज पहिलो दिन सस्थाको कार्यलय देखि दाउन्नेमार्ग,राधाकृष्ण मन्दिर,मोहिनिहल,भिर्कुटिमार्गमा फोहर टिपि उद्घाटन कार्यक्रम समापन गरियको सस्थाका व्यवस्थापक बिष्णु भुसालले  जानकारी दिनु भयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस