२०८२ भाद्र १०, मंगलबार
24 खबर अपडेट

नवलपरासीमा लागूऔषधसहित तीन युवा पक्राउ

२०८२ भाद्र ९, सोमबार प्रकाशित ( घण्टा अघि) १०८ पाठक संख्या

मोहन पौडेल
परासी, ९ भदौ । पश्चिम नवलपरासी प्रहरीले लागूऔषधसहित तीन जना युवालाई नियन्त्रणमा लिएको छ । रामग्राम र सुनवलबाट पक्राउ पर्ने तीनै जना बुटवल निवासी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरदत्त पन्तका अनुसार सुनवलबाट पक्राउ पर्नेमा बुटवल उपमहानरपालिका–२ बस्ने २२ वर्षीय राजेन्द्र नेपाली र ३७ वर्षीय किसन नेपाली रहेका छन् । सुनवल–४ तुरियास्थित पूर्वपश्चिम राजमार्गमा शंकास्पद अवस्थामा हिँडिरहेको अवस्थामा जाँच गर्दा उनीहरुको साथबाट दुई एमएलको २३ एम्पुल डाइजेपाम, २५ एम्पुल बुप्रिनुफिन र २५ एम्पुल फेनारगन गरी ७३ एम्पुल लागूऔषध फेला परेको डिएसपी पन्तले जानकारी दिनुभयो ।
यस्तै रामग्राम नगरपालिका–१ सहुवाटिकरबाट पनि बुटवल उपमहानगरपालिका–११ बस्ने ३३ वर्षीय सुनिल परियारलाई प्रहरीले आज पक्राउ गरेको छ । चामलको बोरा भित्र लुकाइ छिपाइ लाँदै गरेको अवस्थामा उनको साथबाट डाइजेपाम, बुप्रिनफिन र फेनारगन दुई एएलको १३÷१३ एम्पुल गरी ३९ एम्पुल लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको सूचना अधिकारी पन्तले बताउनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस