२०८२ श्रावण १५, बुधबार
24 खबर अपडेट

पृथ्वीचन्द्र अस्पताल प्रांगढमा नागरिकको सहयोगबाट वृक्षारोपण

२०८२ श्रावण १०, शुक्रबार प्रकाशित ( दिन अघि) ३६३ पाठक संख्या

मोहन पौडेल
परासी, ९ साउन । पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित पृथ्वीचन्द्र अस्पतालको प्रांगढमा नागरिकको सहयोगबाट वृक्षारोपण गरिएको छ । अस्पताल परिसर क्षेत्रको हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न व्यक्तिहरुको सहयोगमा मदरसा प्रवद्र्धन सामाजिक केन्द्र नवलपरासीको अगुवाईमा वृक्षारोपण गरिएको हो ।
मदरसा शिक्षाको प्रवद्र्धन गर्ने मुख्य उद्देश्यले स्थापना भएको यस संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्दै नागरिकको सहयोगबाट अस्पताल क्षेत्रलाई हरियाली बनाउन वृक्षारोपण अभियान सञ्चालन गरेको संस्थाका अध्यक्ष हैदरअलि मोमिनले जानकारी दिनुभयो ।
अस्पताल परिसरमा रोपिएका विरुवाको संरक्षण गर्न र थप विरुवाहरु रोप्न संस्थाले अस्पतालसँग एक वर्षसम्म जिम्मा लिने गरी सम्झौता गरेको उहाँले बताउनुभयो ।
आज विभिन्न ११ जना सहयोगदाताबाट प्राप्त विरुवाहरु रोपिएको अध्यक्ष मोमिनले बताउनुभयो । उहाँका अनुसार वृक्षारोपण अभियानमा साथ दिँदै रामग्राम–५ का समाजसेवी ओमप्रकाश यादवले आफ्ना स्वर्गीय बुबाआमाको स्मृतिमा,नेपाली कांग्रेसका कार्यबाहक जिल्ला सभापति विक्रम यादवले आफ्ना स्वर्गीय पिताको स्मृतिमा,रामग्राम–३ की चन्मति अग्रहरीले स्वर्गीय पति रामदेव अग्रहरीको स्मृतिमा, नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरीले आफ्ना पिताको स्मृतिमा वृक्षारोपण गर्नुभएको छ ।
यस्तै व्यवसायी चन्द्रप्रकाश गुप्ताले आफ्ना स्वर्गीय पिताको स्मृतिमा,संस्थाका अध्यक्ष हैदरअलि मोमिनले आफ्ना स्वर्गीय पिताको स्मृतिमा र रामग्राम–का राजु बाबाले आफ्ना स्वर्गीय पिताको स्मृतिमा वृक्षारोपण गर्नुभएको छ भने रामग्राम–५ का सन्तोष यादव(पहाडी),जीतेन्द्रप्रसाद गुप्ताले विरुवा सौजन्य गरी वृक्षारोपण गर्नुभएको थियो ।
संस्थाले सहयोगदाता सबैलाई एक कार्यक्रम गरी सम्मान पनि गरेको छ ।

B2

 संस्थाका अध्यक्ष मोमिनको अध्यक्षता तथा पृथ्वीचन्द्र अस्पताल विकास समितिका अध्यक्ष जगदीश चौधरीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा सहयोगदाताहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको संस्थाका अध्यक्ष रियाजुलक अन्सारीले जानकारी दिनुभयो ।

उक्त अवसरमा नेपाली कांग्रेसका कार्यबाहक सभापति विक्रम यादव, नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरी, अस्पतालका कार्यालय प्रमुख डा.मोहम्मद नुरुल होदा लगायतले शुभकामना व्यक्त गर्नुभएको संस्थाका सचिव अब्दुल रज्जाकले जानकारी दिनुभयो ।
यसैबीच पृथ्वीचन्द्र अस्पतालको नवनिर्मित भवनको शनिबार उद्घाटन गरिँदै छ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्य र स्वास्थ्य मन्त्री खेमबहादुर सारुले संयुक्त रुपमा भवन उद्घाटन गर्नुहुने अध्यक्ष चौधरीले जानकारी दिनुभयो । भवनके वि.स.२०७८ साउन १३ गते लुम्बिनी प्रदेशका तत्कालिन भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले शिलान्यास गर्नुभएको थियो ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%१%

प्रतिक्रिया दिनुहोस