२०८२ श्रावण १५, बुधबार
24 खबर अपडेट

उत्पीडित जातिय मुक्ति समाज पश्चिम नवलपरासीको तेस्रो अधिवेशन भदौ १४ गते हुने

२०८२ श्रावण १०, शुक्रबार प्रकाशित ( दिन अघि) २३२ पाठक संख्या

परासी, ९ साउन । नेकपा एमालेको जनवर्गीय संगठन नेपाल उत्पीडित जातिय मुक्ति समाज जिल्ला कमिटी पश्चिम नवलपरासीको तेस्रो जिल्ला अधिवेशन आगामी भदौ १४ गते हुने भएको छ । मुक्ति समाजको आज परासीमा सम्पन्न जिल्ला कमिटी बैठकले भदौ १४ गते शनिबार सरावल गाउँपालिकामा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।
संगठनका जिल्ला अध्यक्ष राजेन्द्र रसाइलीको अध्यक्षता तथा केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश इन्चार्ज सुरेन्द्र श्रीको प्रमुख आतिथ्यमा भएको उक्त बैठकले आसन्न तेस्रो जिल्ला अधिवेशनलाई सफल बनाउन विभिन्न उपसमिति निर्माण गरी तयारी थाल्ने निर्णय गरेको संगठनले जनाएको छ ।
अध्यक्ष रसाइलीका अनुसार अधिवेशनमा प्रस्तुत गरिने सांगठानिक प्रतिवेदन तयारीका लागि अध्यक्षलाई नै जिम्मेवारी दिइएको छ भने प्रचारप्रसार समितिको संयोजकमा सचिव विनु परियार,आर्थिक संकलन तथा व्यवस्थापन समिति संयोजकमा कोषाध्यक्ष धीरबहादुर रसाइली,मञ्च व्यवस्थापन संयोजकमा सञ्जय गौतम,अतिथि सत्कार समितिको संयोजकमा रम्भा हरिजनसहित सम्झना लोहनी,पम्फा नेपाली,अमृता सुनारलाई जिम्मेवारी दिइएको छ । अधिवेशनमा सहभागिता जनाउन प्रत्येक वडाबाट पाँच जनाको दरले प्रतिनिधि सहभागि गराउने समेत बैठकले निर्णय गरेको छ ।
उक्त अवसरमा एमाले जिल्ला सचिवालय सदस्य एवं मुक्ति समाजका इन्चार्ज थमनसिह नेपाली, मुक्ति समाजका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज मोतिलाल सुनार,केन्द्रीय सदस्यहरु रुद्र विश्वकर्मा, तारा सुनार, एमाले जिल्ला कार्यालय सचिव रामचन्द्र भण्डारी लगायतको पनि सहभागिता थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस