२०८२ श्रावण १५, बुधबार
24 खबर अपडेट

उप-प्रमुख विरुद्ध आफैले ल्याएको खेद प्रस्ताव भुल भएको स्विकार

२०८२ श्रावण ८, बुधबार प्रकाशित ( हफ्ता अघि) ९३१ पाठक संख्या

मोहन पौडेल

परासी,७ साउन । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा ट्रमा सेन्टर निर्माणको सन्दर्भमा फरक मत राखेका उपप्रमुख रुद्र प्रकाश उपाध्याय विरुद्ध अघिल्लो आर्थिक बर्षमा बहुमतका आधारमा कार्यपालिकाले खेद प्रस्ताव पारित गरेको थियो ।

अहिले सोही खेद प्रस्तावको बिषयलाई लिएर कार्यपालिकामा भुल भएको भन्दै गल्ती स्विकार गरिएको छ ।ट्रमा सेन्टर शिलान्यासकै दिन असहमति जनाउँदै आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन आयोजना गरेपछी रुष्ट बनेका मेयर लगायत वडा अध्यक्षहरुले निकै घम्साघम्सिका साथ उप प्रमुख विरुद्ध खेद प्रस्ताव लगेपछि कार्यपालिकामा हङ्गामा भएको थियो ।उपप्रमुख उपाद्याय बैठक नै बहिष्कार गरि बाहिरिएका थिए ।

अहिले आएर केही दिन अघि बसेको कार्यपालिका बैठकमा बोल्ने क्रममा नगर प्रवक्ता सन्तबहादुर गाहाले खेद प्रस्ताव प्रती आत्मालोचना गरेका छन।”यो एउटा ईतिहासको भुल थियो,खेद प्रस्ताव प्रती आत्मालोचना गर्छु”कार्यपालिका बैठकमा गाहाले भने ।

आफुहरुले लगेको खेद प्रस्तावमा अहिले आएर भुल भएको स्विकार गर्नुले अन्य वडा अध्यक्षहरु पनि आश्चर्यमा परेका छ्न ।यसरी द्वेध चरित्र देखिनुले स्थानीय सरकारको शक्ति सन्तुलनको असर प्रष्ट देखिएको छ ।

बर्दघाट नगरपालिका वडा नम्बर ३ लगुनाहमा काङ्ग्रेसका वडा अध्यक्ष र एकजना स्वतन्त्र वडा अध्यक्ष सहित बसेको गोप्य बैठकले उप- प्रमुख विरुद्ध खेद प्रस्ताव लगिने निर्णय गरिएको नाम नबताउने शर्तमा एक वडा अध्यक्षले भने ।तर अहिले आएर खेद प्रस्ताव विरुद्ध उक्त टिमको लिड गरिरहेका प्रवक्ता आफैले भुल भएको स्विकार गर्नुले राजनीतिक स्वार्थ प्रष्ट देखिएको ती वडा अध्यक्षले भने ।

“हिजो स्वार्थ नमिल्दा उपप्रमुख विरुद्ध खेद ब्यक्त गर्नु पर्छ भन्ने अहिले सल्लाहनै नगरी माफी माग्ने सायद अहिले स्वार्थ मिलेर पो होकि,यस्तो चरीत्रले कार्यपालिकाको गरिमा पनि रहन्न”ती अध्यक्षले भने ।
गुटगत रुपमा आ-आफ्ना समुहले नगरपालिकाको बजेट तर्जुमा समेत अन्यत्र बसेर गोप्य रुपमा गर्ने गरेको आरोप लागिरहँदा पछिल्लो गतिविधिले थप आसङ्का उब्जाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%१०%४%

प्रतिक्रिया दिनुहोस