२०८२ श्रावण १५, बुधबार
24 खबर अपडेट

बर्दघाटबाट गोरेटो बाटो हुँदै दाउन्ने कैलाशको सामूहिक यात्रा

२०८२ श्रावण ६, सोमबार प्रकाशित ( हफ्ता अघि) १६७ पाठक संख्या

नवलपरासी,५ साउन ।  पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. –४, त्रिवेणी चोकदेखि प्रसिद्ध धार्मिक क्षेत्र दाउन्ने कैलाश धाम सम्म जाने नयां गोरेटो बाटो शुभारम्भ गरीएको छ ।

बर्दघाटका केहि ब्यक्तिहरुले शुरु गरेको संभावनाको खोजी अभियानकै क्रममा प्रसिद्ध धार्मिक स्थल दाउन्ने कैलाश जाने नयां गोरेटो बाटो पत्ता लगाएसंगै आज अर्थात साउनको पहिलो सोमवार देखि उक्त गोरेटो बोटोलाई औपचारीक रुपमा सञ्चालनमा ल्याइएको छ ।

बर्दघाट नगर प्रमुख,उप प्रमुख सहित अन्य जनप्रतिनिधि र बर्दघाट नगरक्ष्ँेत्रका विभिन्न सामाजिक संघ संस्थाका ब्यक्ति तथा समाजसेवी युवाहरुको टोलीले उक्त नयां गोरेटो बाटोको सामुहिक यात्रा गरेर बर्दघाट– कैलास मार्गको शुभारम्भ गरेको हो ।

बर्दघाट देखि दाउन्ने कैलाश धाम सम्म जाने नयां गोरेटो बाटो शुभारम्भ भएसंगै अब पश्चिम नवलपरासी जिल्लावासीहरुलाई कैलाश जानका लागि छोटो बाटो हुने र यातायातको कुनै झन्झट नहुने भएको छ ।
पश्चिम नवलपरासीका सबै पालिकाहरुको दुश्य अवलोकन गर्दै प्रकृतिसंग रमाउदै ३ घण्टामा प्रसिद्ध धार्मिक क्षेत्र दाउन्ने कैलाश धाम जान सकिने भएपछि अब बर्दघाट – कैलाश मार्ग सबैको रोजाई बन्ने देखिएको छ ।

पौराणीक युगमा त्रिकुट पर्वत भनेर चिनीने प्रसिद्ध धार्मिक क्षेत्र दाउन्ने कैलाश धाम वाल्मीकि लगाएतका ऋषीमुनिहरुले तपस्या गरेको स्थानका रुपमा समेत परिचित छ । समुन्द्रि सतह देखि करीव १२ सय मिटर उचाईमा रहेको कैलाश धाम बाईसे चौविसे राज्य हुंदा पाल्पाका राजा मणीमुकुन्द सेनको राज्यमा पर्ने गर्दथ्यो ।

अहिले लुम्बिनी प्रदेश र गणडकी प्रदेशको सिमानाका रुपमा रहेको छ । जुन पुर्वी नवलपरासीको विनय त्रिवेणी गाउंपालिका र पश्चिम नवलपरासी को बर्दघाट नगरपालिकाको सिमानामा पर्ने गर्दछ ।

आन्तरीक तथा बाहिय पर्यटनका हिसावले निकै महत्व बोकेको प्रसिद्ध धार्मिक क्षेत्र दाउन्ने कैलाश धाम साच्चिकै मनोमोहक र प्राकृतिक छटाले भरिएको छ । लुम्बिनी , तिलउराकोट र पाल्पा आउने पर्यटकहरुलाई एक रात बर्दघाटमा वास बसालेर त्रिवेणी ,सुस्ताको झोलुङ्गे पुल,रामग्राम स्तुपा र बर्दघाट देखि कैलास सम्मको यात्रा गराउन सक्नेहो भने पर्यटन विकासमा गतिलो टेवा पुग्ने संभावना रहेको स्थानीय बताउँछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस