२०८२ श्रावण १५, बुधबार
24 खबर अपडेट

साउनको सोमबार : सुस्ताको बालपुरी मठ छिवनीमा भक्तजनको विशेष घुइँचो, मानव साङ्गलोद्धारा जलार्पण

२०८२ श्रावण ६, सोमबार प्रकाशित ( हफ्ता अघि) १६३ पाठक संख्या

मोहन पौडेल
परासी,५ साउन । भगवान् शिवको विशेष पुजा आराधना गरिने साउन महिनाको पहिलो सोमबार आज पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–१ छिवनीस्थित बालपुरी मठधुनी मन्दिरमा श्रद्धालु भक्तजनले पुजा आराधना तथा जलार्पण गरेका छन् । साउनको सोमबार शिवलाई जल चढाएमा खुशी र समृद्धि पाईन्छ भन्ने धार्मिक विश्वास छ ।
बालपुरी मठमा पवित्र तीर्थ स्थल त्रिवेणीधामबाट जल ल्याएर चढाउने गरिएको छ । सोमबार पनि मठबाट बोलबम यात्रा गरी त्रिवेणीबाट ल्याएको जल त्रिवेणीमै रहेको भक्तेश्वर महादेव, पशुपति मन्दिर र एक सय ८ शिवलिंग तथा छिवनीमा रहेको सिद्ध पुरुष बालपुरी महाराजको जिउँदो समाधी स्थल बालपुरी मठ एवं एक सय ८ शिवलिंगमा मानव साङ्गलोबाट जलार्पण गरिएको थियो ।

B2

उक्त अवसरमा प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री ध्रुवबहादुर प्रधान, जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौती यादव(रुदल), प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी,नेपाली कांग्रेसका नेता भरत शाह, नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरी सहित स्थानीयवासीको उल्लेख्य सहभागिता थियो ।
साउने सोमबारका दिन निराहर व्रत बसी शिवजीको पूजा आरधना गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । पहिलो सोमबारको विशेष महत्व रहेकोले यसपटक पनि मानव साङ्गलोद्धारा जलापर्ण गरिएको बालपुरी मठधुनी मन्दिरका मठाधिस एक हजार आठ महन्त मोहन पुरी(मर्चहवा) बाबाले जानकारी दिनुभयो ।
दिव्य अखण्ड धुनी धाम बालपुरी मठमा प्राचीन समयदेखि नै निरन्तर बलिरहेको अखण्ड धुनी र खुर्सानीको हवन हुने भएकाले यहाँ भक्तजनको विशेष आकर्षण र आस्था छ । यो स्थल बाबा बालपुरी स्वामीले तपस्या गरेको तपोभूमि हो । नेपाल र भारतका विभिन्न ठाउँबाट गरी यहाँ वार्षिक हजारौँ भक्तजनको भीड लाग्ने गर्दछ । यस स्थलको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने विश्वासका साथ भक्तजनमा विशेष आस्था र विश्वास रहेको मठाधिस मर्चहवा बाबा बताउनुहुन्छ ।

B3

मन्दिर परिसरमा अखण्ड धुनी मन्दिर, शिवालय, महाकाली, भैरवकाली, हनुमान मन्दिर, गणेशको ठूलो मूर्ति, एक सय आठ शिवलिङ्गलगायतका संरचना निर्माण भएका छन् । खुर्सानीको हवन गरी मठाधीश पुरीले भूतप्रेत भगाउने गरेकोले यो स्थल विशेष चर्चामा छ । साथै आफ्नो भूतभविष्य जान्नका लागि मर्चहवा बाबासँग हेराउनेको पनि यहाँ विशेष भीड लाग्ने गरेको छ ।
बालपुरी मठलाई यस क्षेत्रकै उत्कृष्ट धार्मिक तथा पर्यटकीय स्थलको रुपमा स्थापित गर्न यहाँका स्थानीयवासीको समेत विशेष सक्रियता रहँदै आएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस