२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

आर्थिक मामिला तथा योजनामन्त्री चौधरीद्धारा स्वास्थ्य कार्यालय परासीको निरीक्षण

२०७८ अषाढ ५, शनिबार प्रकाशित ( साल अघि) ७४८ पाठक संख्या

परासी, ५ असार । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीको निरीक्षण गर्नुभएको छ । मन्त्री चौधरीले आज कार्यालयको निरीक्षण गर्दै कार्यालयबाट प्रदान भईरहेका सेवा सुविधाको विषयमा चासो व्यक्त गर्नुभएको थियो ।
उहाँले जिल्लामा कोभिड खोप अभियानको अवस्थाको विषयमा जानकारी लिँदै प्रदेश सरकारले गरिरहेका कार्यहरुको बारेमा जानकारी दिनुभएको थियो । उहाँले प्रदेश सरकारबाट बजेट विनियोजन भई जिल्लामा सञ्चालित विभिन्न योजनाहरुको प्रगतिबारे पनि चासो व्यक्त गर्नुभएको थियो ।
उक्त अवसरमा राष्ट्रियसभा सदस्य रामलखन हरिजन, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्र, पृथ्वीचन्द्र अस्पताल विकास समितिका अध्यक्ष जगदीश चौधरी, स्वास्थ्य कार्यालयका प्रमुख कृष्णप्रसाद पोखरेल, समाजसेवी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१२%

प्रतिक्रिया दिनुहोस