२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

दश लाख बढीको अवैद्य खसी पश्चिम नवलपरासी प्रहरीको नियन्त्रणमा

२०७८ अषाढ ३, बिहिबार प्रकाशित ( साल अघि) ६०६ पाठक संख्या

मोहन पौडेल
परासी, ३ असार । भारतबाट अवैद्य रुपमा नेपाल भित्राइएको दश लाख बढीको खसी पश्चिम नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ । भन्सार छलि नेपालतर्फ ल्याइएको रु दश लाख १२ हजार बराबर मुल्यका खसी प्रतापपुर गाउँपालिका ४ दरखासेबाट नियन्त्रणमा लिईएको हो ।
सीमा प्रहरी चौकी महेशपुरबाट खटिएको टोलीले उक्त बराबरको ४६ वटा खसी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु लामाले दैनिक 24 खबर डटकमलाई जानकारी दिनुभयो ।
पैदल रुपमा डोरीमा बाँधी डोर्याउँदै ल्याउँदै गरेको खसी प्रहरी टोलीलाई देखेपछि कारोबारमा संलग्न व्यक्ति खसी छोडेर भागेको उहाँले बताउनुभयो । बरामद गरिएका खसी आवश्यक कारवाहीका लागि महेशपुर भन्सार चलान गरिएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस