२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

रामग्राम जेसीजको आयोजनामा कोरोना सचेतना सम्बन्धि नगर स्तरीय टिकटक प्रतियोगिता शुरु

२०७८ अषाढ १, मंगलबार प्रकाशित ( साल अघि) १३०१ पाठक संख्या

परासी, १ असार । पश्चिम नवलपरासीको रामग्राम जेसीजले पहिलो पटक नगर स्तरीय टिकटक प्रतियोगिता आयोजना गरेको छ । कोरोना महामारीका कारण निषेधाज्ञा जारी भएपछि घरमै बसीरहेका व्यक्तिहरु पछिल्लो समय सामाजिक सञ्जालमा व्यस्त रहेका बेला फुर्सदको समयलाई सदुपयोग गर्न टिकटक प्रतियोगिता आयोजना गरिएको जेसीजले जनाएको छ ।
आजदेखि शुरु भएको प्रतियोगितामा सहभागि हुनेले कोरोना सचेतना र निषेधाज्ञा सदुपयोगको विषयमा आफ्नै मौलिक भाषामा आफ्नै रचनामा गायन, अभिनय वा नृत्य गरेको भिडियो पठाउनुपर्ने रामग्राम जेसीज वर्ष २०२१ का अध्यक्ष चन्द्रमणि चौधरीले दैनिक २४ खबर डटकमलाई जानकारी दिनुभयो । भिडियो आज असार एकगतेदेखि सात गतेसम्म जेसीआई रामग्रामको फेसबुकमा पोष्ट गर्नुपर्ने उहाँले बताउनुभयो ।
उत्कृष्ट तीन जनालाई पुरस्कार पनि प्रदान गरिनेछ । अध्यक्ष चौधरीका अनुसार प्रथम हुनेलाई नगद रु ५१००, दोस्रो हुनेलाई नगद रु २५५१ र तृतीय हुनेलाई नगद रु १५५१ र प्रमाणपत्र वितरण गरिनेछ ।
प्रतियोगितामा रामग्राम नगरपालिका भित्रका कम्तिमा १५ वर्षदेखि माथिका नागरिकले सहभागिता जनाउन पाउनेछन् ।
रामग्राम जेसीजका सदस्य उक्त प्रतियोगितामा सहभागी हुन नपाउने अध्यक्ष चौधरीले बताउनुभयो ।
लाईक, भ्युज र रामग्राम जेसीजको मुल्यांकन समितिको निर्णयको आधारमा उत्कृष्ट छनौट हुने उक्त प्रतियोगितामा अश्लिलता, अपाच्य र अभ्रद भिडियोलाई मान्यता नदिईनुका साथै कुनै जात, धर्म, पेशा, समुदाय र राष्ट्रियतामा आँच आउने वा आरोप लगाउन खालका भिडियो समावेश नगरिने रामग्राम जेसीज वर्ष २०२१ का महासचिव मोहन पौडेलले बताउनुभयो ।
प्रतियोगिले आफ्नो नाम, ठेगाना, र सम्पर्क नम्बर जेसीआई फेसबुकमा ईन्बक्स गर्नुपर्ने र सहभागिले आफ्नै अभिनयको भिडियो पठाउनुपर्ने उहाँले बताउनुभयो । विजेता घोषणा तथा पुरस्कार वितरण आगामी २०७८ असार १५ गते गरिने कार्यक्रम संयोजक निरज ज्ञवालीले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%१%१%

प्रतिक्रिया दिनुहोस