२०८१ कार्तिक २, शुक्रबार
24 खबर अपडेट

नवलपरासीका चार पालिकामा पोषण मार्फत जीवन रुपान्तरण परियोजनाबारे अभिमुखीकरण

२०८१ आश्विन १६, बुधबार प्रकाशित ( हफ्ता अघि) १६७ पाठक संख्या

परासी, १६ असोज । पाँच वर्ष मुनिका बालबालिकाको पोषण सुधार गर्ने उद्देश्यले पश्चिम नवलपरासीमा शुरु भएको पोषण मार्फत जीवन रुपान्तरण परियोजनाले जिल्लाका चार गाउँपालिकामा समन्वयात्मक बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
आईडिई नेपालको साझेदारीमा एकिकृत हातेमालो समाज नेपाल (सियान)ले सञ्चालन गरेको उक्त परियोजनाले परियोजना लागू भएका पश्चिम नवलपरासीका पाल्हीनन्दन, प्रतापपुर,सरावल र सुस्ता गाउँपालिकास्थित पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा समितिका पदाधिकारीसँग बैठक तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको हो ।
असोज ७ गतेदेखि १४ गतेको अवधिमा जिल्लाका चार वटै गाउँपालिकामा छुट्टाछुट्टै बैठक आयोजना गरि गाउँपालिकाका सरोकारवालालाई परियोजनाको विषयमा जानकारी गराईएको परियोजनाका तथ्यांक अधिकृत मिन रानाले जानकारी दिनुभयो । पालिका अध्यक्षहरुको नेतृत्वमा हुने गाउँपालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिका पदाधिकारीहरुलाई परियोजनाको उद्धेश्य र यसले सञ्चालन गर्ने क्रियाकलाप एवं बजेटको विषयमा अभिमुखीकरण उहाँले बताउनुभयो ।
चार वटै गाउँपालिकामा सम्पन्न उक्त बैठकले परियोजना सञ्चालनको पहिलो चरणको क्रियाकलाप सञ्चालन गर्न प्रत्येक गाउँपालिकाबाट दुई,दुई वडाहरु पनि छनौट गरेको छ । रानाका अनुसार पाल्हीनन्दनको वडा नं.३ र ५, सुस्ताको वडा नं.१ र ४,प्रतापपुरको वडा नं.५ र ६ तथा सरावलको वडा नं.३ र ४ छनौट गरिएको र ती वडाहरुमा तत्काल कार्यक्रम सञ्चालन हुने छ ।

P2

पाँच वर्षसम्म सञ्चालन हुने बहुवर्षीय परियोजना भएपनि हाल पहिलो चरणको लागि नौ महिना सञ्चालन हुनेछ । अगष्ट २०२४ देखि शुरु भएको यो परियोजना पहिलो चरणमा मे २०२५ सम्म सञ्चालन हुनेछ ।
परियोजनाले विशेषगरि कृषि, साना उद्यम र खानेपानी तथा सरसफाइ स्वच्छता प्रवद्र्धन मार्फत पोषण सुधारका क्रियाकलाप सञ्चालन गर्ने छ । सीमान्तकृत समुदाय,पाँच वर्षm मुनिका बालबालिका,गर्भवती तथा स्तनपान गराईरहेका महिला र कुपोषित बालबालिकाको परिवार लाभान्वित हुने यस परियोजनाले पोषण तथा खाद्य सुरक्षा,सरसफाइ तथा स्वच्छता प्रवद्र्धन,पोषणयुक्त खाद्यको उपलब्धता र उपभोगमा वृद्धि,पोषण सम्बन्धि व्यवहारमा परिवर्तन तथा सुधार,महिला उद्यमी विकास एवं लैंगिक तथा सामाजिक समावेशीकरणमा टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
परियोजनाले कृषि तथा खाद्य प्रणालीको नतिजा प्राप्त गर्न गाउँपालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिसँग समन्वय तथा बैठक,पोषणयुक्त खाद्य परिकार प्रदर्शन,प्रविधि प्रसार तथा विस्तार, लक्षित वर्गलाई साना पशुपन्छी पालनमा सहयोग,पोषणयुक्त उत्पादन सामग्री सहयोग,नर्सरी उत्पादन प्रदर्शन,गड्यौला मल उत्पादन तथा प्रदर्शन लगायतका गतिविधि सञ्चालन गरि सफा र स्वच्छ पोषिलो खानाको भौतिक तथा आर्थिक पहुँच बृद्धि गर्ने लक्ष्य लिएको छ ।
आपूर्ति श्रृंखला र साना बजार उद्यमको नतिजा प्राप्तिका लागि पोषण संवेदनशील कृषि तथा समग्र पोषण अवस्था प्रवद्र्धनका लागि सिबिएफको विकास र परिचालन,पोषणयुक्त खाद्य पदार्थ प्रवद्र्धनका लागि कृषि तथा खाद्य प्रदर्शन,हाट बजार प्रयोग लगायतका क्रियाकलाप सञ्चालन गर्नेछ भने खानेपानी,सरसफाइ र स्वच्छतामा सुधार गर्न स्वास्थ्य संस्थामा खानेपानी, सरसफाइ तथा स्वच्छता सुदृढिकरणका लागि सहयोग,खाद्य सरसफाइ तथा स्वच्छता सम्बन्धि परामर्श एवं सचेतनामूलक कार्यक्रम, जोखिमयुक्त घरपरिवारलाई वास सामग्री सहयोग, उत्कृष्ट वास व्यवहार सुधार गर्ने घरपरिवारका लागि प्रत्साहान सामग्री सहयोग, महिला स्वास्थ्य स्वयमसेविका र स्वास्थ्यकर्मीलाई क्षमता अभिवृद्धि लगायतका क्रियाकलाप सञ्चालन गर्नेछ । परियोजनाले दिगो विकास लक्ष्यका सात वटा लक्ष्यलाई हासिल गर्न सघाउ पनि दाबी गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस