२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

परासी बजारलाई सुन्दर र हरियाली बनाउन बुद्धचोक—निलोगेट सडक खण्डको बीच भागमा वृक्षारोपण

२०७८ जेष्ठ २२, शनिबार प्रकाशित ( साल अघि) ९१९ पाठक संख्या

परासी, २२ जेठ । पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित बुद्धचोक—निलोगेट सडक खण्डको बीच भागमा आज वृक्षारोपण गरिएको छ । हालै मात्र बाटो विस्तार भई कालोपत्रे गरिएको यो खण्डलाई हरियाली र सुन्दर बनाउने उद्देश्यले आज विश्व वातावरण दिवसको अवसर पारी सडकको बीचभागमा वृक्षारोपण गरिएको हो ।
रामग्राम नगरपालिका, डिभिजन वन कार्यालय र रेडियो परासीको संयुक्त आयोजनामा आज बिहान एक कार्यक्रम गरी सो क्षेत्रमा विभिन्न प्रजातिका ७६ बिरुवा रोपिएको डिभिजन वन कार्यालयका प्रमुख शंकर गुप्ताले जानकारी दिनुभयो ।
रामग्राम नगरपालिकालाई हरित नगरी बनाउने अवधारणलाई सार्थक बनाउन परासीको मूख्यभाग बुद्धचोकदेखि निलोगेटसम्मको चारलेनको सडक खण्डको बीच भागमा वृक्षारोपण गरिएको र अव केही दिनमा सडक दुवै किनारमा पनि थप विरुवा रोपिने रामग्राम नगर प्रमुख नरेन्द्र गुप्ताले बताउनुभयो ।
बजारको सौन्दर्यीकरणसँगै बुद्ध नगरको रुपमा चिनाउन सडकको मूख्य मुख्य भागमा बुद्धका मूर्तिसमेत राख्ने नगरपालिकाले योजना बनाएको उहाँले बताउनुभयो ।
नगर प्रमुख गुप्ताको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर रायको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्र, सुरक्षा निकायका प्रमुखहरु , उपमेयर रम्भा कुंपर तथा जनप्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
यसैबीच विश्व वातावरण दिवस र राष्ट्रिय सरसफाइ सप्ताहको अवसरमा पारी रेडियो परासीले आजदेखि सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम सञ्चालन गरेको रेडियोका प्रबन्ध निर्देशक मेघराज गौतमले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस