२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

बीसीडब्लुको चुलौ बालौँ अभियान, विहीबार १८ विपन्न घरधुरीलाई खाद्यान्न सहयोग

२०७८ जेष्ठ २०, बिहिबार प्रकाशित ( साल अघि) ८१६ पाठक संख्या

अमृता सुनार
सुनवल, २० जेठ । बीसीडब्लु युथ नेपालले आज बिहीबार सुनवलका १८ घरधुरीलाई खाद्यान्न सहयोग गरेको छ ।

क्लवले संचालन गरेको चुलौ बालौ अभियान अन्तर्गत कोरोना महामारीको कारण रोजगारी गुमाएका सुनवल २ भरौलियाका १६ र सुनवल ३ किर्तिपुर २ का २ घर गरी आज १८ गरिब तथा विपन्न परिवारहरुलाई खाद्यान्न वितरण गरिएको क्लवका सचिव एवं अभियानका संयोजक रोशन श्रेष्ठले बताउनुभयो ।
जसअन्र्तगत १० केजी चामल , तेल, दाल, नुन,सोयाविन वितरण गरिएको उहाँले बताउनुभयो ।

सोही क्रममा स्थानीयलाई मास्क पनि वितरण गरिएको थियो । उहाँका अनुसार पछिल्लो समय क्लव मार्फत विभिन्न व्यक्ति, संघसस्थाले सहयोग गर्ने क्रम बढ्दै गएको छ ।
संयोजक श्रेष्ठले आगामी दिनमा थप सहयोगको लागी आग्रह गर्दै सहयोगी सम्पुणलाई धन्यवाद ज्ञापन गर्नुभयो । कोरोना महामारीको कारण जारी गरीएको निषेधाज्ञाका कारण रोजगारी गुमाएका विपन्न वर्गलाई सहयोग आवश्यक भएमा सम्पर्क गर्न पनि उहाँले आग्रह गर्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस