२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

आधारभूत स्वास्थ्य परियोजनाको सामाजिक परीक्षण : सकारात्मक परिवर्तन देखिँदै

२०८० पौष ६, शुक्रबार प्रकाशित ( महिना अघि) २५८ पाठक संख्या

परासी, ६ पुस । पश्चिम नवलपरासीमा सञ्चालनमा रहेको आधारभूत स्वास्थ्य परियोजना प्रभावकारी बन्दै गएको छ । परियोजना लागू भएपछि सेवा क्षेत्र भित्र स्वास्थ्यका क्षेत्रमा सकरात्मक परिवर्तनहरु देखिन थालेको सरोकारवालाहरुले बताएका छन् ।
परियोजनाको आज सुनवलमा सम्पन्न भएको समाजिक लेखा परीक्षण कार्यक्रममा सहभागि जिल्लाका सरोकारवाला निकाय तथा लक्षित वर्गका लाभग्राहीले परियोजना प्रभावकारी रहेको र यसलाई निरन्तर सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन् । परियोजना अन्तरगत विगत एक वर्षमा भएका क्रियाकलापको लेखा परीक्षण गरिएको हो ।
फेयर मेड फाउण्डेसनको सहयोगमा ईन्द्रेणी सामाजिक बिकास मञ्च बर्दघाटले पश्चिम नवलपरासी जिल्लामा यो परियोजना सञ्चालन गरिरहेको छ । परियोजना अन्तरगत जिल्लाका सातै स्थानीय तहमा कुष्ठरोग,हात्तीपाइले, डेंगु,सर्पदंश, रेबिज जस्ता रोगबाट बचाउन र सचेत गराउन बिशेषगरी गरिब, सीमान्तकृत, पिछडिएको बस्तिमा बसोबास गर्ने नागरिकलाई लक्षित गरि विभिन्न क्रियाकलाप सञ्चालन गरिरहेको आधारभूत स्वास्थ्य परियोजनाका जिल्ला संयोजक पुष्पराज आचार्यले जानकारी दिनुभयो ।
सन २०१९देखी सञ्चालनमा रहेको यो परियोजनाले उपेक्षित उष्ण प्रदेशीय रोगबाट प्रभावित व्यक्ति र समुदायलाई सचेत गदै आएको छ । परियोजनाले उक्त रोगहरुको रोकथाम, निदान, पहिचान र उपचारको काम गदै आएको संयोजक आचार्यले बताउनुभयो । यसैगरी अपांगता भएका व्यक्तिहरुको क्षमता अभिबृद्धी तथा जीवीकोपार्जन,मातृशिशु स्वास्थ्य प्रबद्र्धन, स्वास्थ्य प्रणाली सुधारको क्षेत्रमा समेत परियोजनाको भूमिका महत्वपूर्ण रहेको सहभागिहरुले बताएका थिए ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव(रुदल)ले स्थानीय तहका स्वास्थ्य शाखा, स्वास्थ्य कार्यालय र स्वास्थ्यसँग सम्बन्धित निकायहरुसँगको सहकार्य र समन्वयलाई थप प्राथमिकता दिन आग्रह गर्नुभयो । बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठले परियोजना सञ्चालन भएपछि सेवा क्षेत्रका लाभग्राहीमा धेरै राम्रो परिवर्तनहरु आएको बताउँदै संस्थाको समाज परिवर्तनमा महत्वपूर्ण भूमिका रहेको चर्चा गर्नुभयो ।
कार्यक्रमको उद्देश्यबारे चर्चा गर्दै ईन्द्रेणी सामाजिक विकास मञ्चका कार्यकारी निर्देशक बद्री सुवेदीले परियोजनाले जिल्ला र पालिकास्थित सरोकार निकायहरुसँगै सहकार्य र समन्वय गर्दै काम गरिरहेको बताउनुभयो । यो परियोजना अन्तरगत रु ७१ लाख बजेट विनियोजन भएकोमा ६८ लाख ८७ हजार रुपैँया खर्च भएको पनि उहाँले जानकारी दिनुभयो ।
ईन्द्रेणीका अध्यक्ष कदम क्षेत्रीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा रामग्राम नगरपालिकाकी उपप्रमुख सम्झना चौधरी, विभिन्न पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरु लगायतको पनि सहभागिता थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस