२०८२ माघ २२, बुधबार
24 खबर अपडेट

लायन्स क्लबद्धारा परासीका अतिविपन्न नागरिकलाई खाद्यन्न वितरण

२०७८ जेष्ठ १८, मंगलबार प्रकाशित ( साल अघि) १०५४ पाठक संख्या

परासी, १८ जेठ । लायन्स क्लब मार्फत पश्चिम नवलपरासीको परासी क्षेत्रका अतिविपन्न नागरिकलाई खाद्यन्न राहत वितरण गरिएको छ । लायन्स क्लव अफ रामग्राम शान्तिभूमि र लायन्स क्लव अफ नवलपरासीले संयुक्त रुपमा आज खाद्यन्न वितरण गरेका हुन् ।
गत वैशाख २१ गते राति १२ बजेदेखि जारी झण्डै एक महिना लामो निषेधाज्ञाका कारण दैनिक छाक टार्न समस्या भोगिरहेका अति विपन्न नागरिकलाई आज राहत स्वरुप खाद्यन्न वितरण गरिएको लायन्स क्लव रामग्राम शान्तिभूमिका अध्यक्ष सम्राट बस्यालले दैनिक 24 खबर डटकमलाई जानकारी दिनुभयो ।
कोरोना महामारीको जोखिम न्यूनीकरणका लागि निषेधाज्ञा जारी भएपछि दैनिक ज्यालादारी गर्न नपाई छाक टार्न समस्या भएका विशेषगरी रामग्राम नगरपालिका वडा नं. १ र आसपासका तीस घरपरिवारलाई खाद्यन्न वितरण गरिएको उहाँले बताउनुभयो ।
लायन्स क्लवमा आवद्ध सदस्यहरुले आफ्नो तर्फबाट रकक संकलन गरी दश दिनको लागि पुग्ने चामल, दाल, तेल, नुन लगायत खाद्यन्न वितरण गरिएको लायन्स क्लव रामग्राम शान्तिभूमिका सदस्य सुरज यादवले बताउनुभयो । उक्त अवसरमा लायन्स क्लव रामग्रामकी अध्यक्ष समा बस्याल, लायन्स क्लव अफ नवलपरासीकी अध्यक्ष सम्झना चौधरी लगायत लायन्स क्लवका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%

प्रतिक्रिया दिनुहोस