२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

गणतन्त्र दिवसमा पिस क्लब ईन्टरनेशनलद्धारा दीप प्रज्वलन

२०७८ जेष्ठ १५, शनिबार प्रकाशित ( साल अघि) ८३९ पाठक संख्या

परासी, १५ जेठ । गणतन्त्र दिवसको अवसरमा पिस क्लब अफ ईन्टरनेशनल नवलपरासीले परासीमा दीप प्रज्वलन गरेको छ । दिवसको अवसरमा आज साँझ परासी बुद्ध चोकमा दीप प्रज्वलन गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य वैजनाथ जयसवालले जनताको बलिदानले ल्याएको गणतन्त्रको जग नै हल्लाउने खालका गतिबिधि भईरहेको दाबी गर्नुभयो । गणतन्त्र आम नामगरिकका लागि अझै पनि आएको प्रत्याभूति हुन नसकेको उहाँको भनाइ थियोे
क्लबका अध्यक्ष शम्भु उपाध्याले जनताले गणतन्त्रको अनुभुति गर्ने गरि काम गर्न सबै पक्षलाई आग्रह गर्नुभयो ।
यसैगरी उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय सदस्य रामजी ज्ञवालीले निर्णायक तहमा पुगेका नेता तथा जनप्रतिनिधिले जनतालाई केन्द्रमा राखेर काम गर्न जोड दिनुभयो ।
कार्यक्रममा क्लबका पदाधिकारी, पिछडा वर्ग महासंघ प्रदेश अध्यक्ष अभिमन्यु यादव, हेल्पिङ् हेन्डस परासीका अध्यक्ष सञ्जय शर्मा, लायन्स क्लब रामग्राम शान्तिभूमिका अध्यक्ष सम्राट बस्याल , सुरज यादव,लियो क्लब रामग्रामका अध्यक्ष विकास घिमिरे,शिक्षक जयदेव पाठक,समाजसेवी राधेश्याम सैथवार,दीपेश शर्मा लगायतको सहभागिता रहेको पिस क्लब ईन्टरनेशनलका उपाध्यक्ष अर्जुन क्षेत्रीले दैनिक 24 खबर डटकमलाई जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस