२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

आज बडादसैँको दोस्रो दिन, ब्रह्मचारिणी भगवतीको पूजाआराधना गरिँदै

२०८० आश्विन २९, सोमबार प्रकाशित ( महिना अघि) २४४ पाठक संख्या

यिनले दाहिने हातमा रुद्राक्षको माला र बायाँ हातमा कमण्डलु लिएकी छिन् । देवी ब्रह्मचारिणीको स्वरूप अद्भूत र दिव्य छ ।

देवी ब्रह्मचारिणीको पूजाआराधना गर्न भक्तजनहरू बिहानैदेखि विभिन्न शक्तिपीठ, देवीमन्दिरमा पुगेका छन् ।

देवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ । महाकाली शक्तिको, महालक्ष्मी धनधान्य र ऐश्वर्यको एवम् महासरस्वतीलाई विद्या तथा बुद्धिको प्रतीकका रुपमा पूजाआजा एवं आराधना गर्ने परम्परा छ ।

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छुटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस