२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

लायन्स क्लब दाउन्नेको ब्यवस्थापनमा १२० थान अक्सिजन सिलिन्डर रिफिल गरि हस्तान्तरण !

२०७८ जेष्ठ १३, बिहिबार प्रकाशित ( साल अघि) ९६८ पाठक संख्या

परासी , १३ जेठ । बुद्ध जयन्तीको अवसर पारेर लायन्स क्लब अफ नवलपरासी दाउन्नेको व्यवस्थापनमा बर्दघाटस्थित चिसापानी कोभिड आईसोलेशनमा ७० र सहिद स्मृति सामुदायिक अस्पताल चौपत्तामा ५० गरि १२० वटा अक्सिजन सिलिन्डर रिफिल गरि हस्तान्तरण गरिएको छ ।
एनआरएनए अफ्रिकाको तत्काल अक्सिजन सहयोग अभियान अन्तरगत एनआरएनए कङ्गोको आर्थिक सहयोग र लायन्स क्लब डिष्ट्रिक्ट ३२५ बी टू एरिया ४, रिजन ४० र जोन ८० अन्तर्गत रहेको लायन्स कल्ब अफ नवलपरासी दाउन्नेको ब्याबस्थापनमा चिसापानी अस्पताल आइसोलेसेन सेन्टर लाई ७० थान रिफिल अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको हो भने यहि अवसरमा कल्बका सदस्यहरु बाट ब्यक्तिगत संकलन गरिएको रकम बाट सहिद स्मृति सामुदायिक अस्पताल चौपत्तालाई ५० थान रिफिल अक्सिजन सिलिन्डर सहयोग गरिएको हो ।
कोरोना संक्रमित बिरामीले अक्सिजनको अभाव भोग्न नपरोस् भनेर उक्त सहयोग गरिएको क्लबका अध्यक्ष रामचन्द्र अधिकारीले दैनिक 24 खबर डटकमलाई जानकारी दिनुभयो ।
चिसापानी आइसुलेसन हस्पिटलमा कल्ब अध्यक्ष रामचन्द्र अधिकारी एवं एनआरएनए कंङ्गोका अध्यक्ष अमृत क्षेत्रीका बुवाद्वारा बर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष युवा ब्यावसायी लेखनाथ न्यौपाने लाई हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा बजार ब्यवस्थापन समिति बर्दघाट,पंचनगर र जिमिरेभारका अध्यक्षहरु क्रमश: तारा गौतम ,रामजी चापागाई,र चिरञ्जीवी सुबेदि , बिरामीको उपचारमा दिन रात खट्नु हुने डा शान्ती के.सि. लायन्स क्लबका ईलेक्टेड प्रेसिडेन्ट तिलक खनाल लगायतको उपस्थिति थियो ।
यस्तै सहिद स्मृति अस्पताल चौपत्तामा कल्बका अध्यक्ष रामचन्द्र अधिकारीले अस्पताल अध्यक्ष निमानन्द न्यौपानेलाई ५० थान सिलिन्डर हस्तान्तरण गर्नु भएको थियोल। सिलिन्डर ग्रहण गर्दै अध्यक्ष न्यौपानेले कल्बलाई धन्यवाद तथा आभार व्यक्त गर्नुभयो ।
कार्यक्रममा अस्पतालका ब्यवस्थापक टिकाराम लुइटेलको समेत उपस्थिति रहेको थियो । दुबै कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष रामचन्द्र अधिकारीको र संचालन सचिव भिम सुवेदीको रहेको क्लबका पूर्व अध्यक्ष युवराज डुुुम्रेले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस