२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

निषेधाज्ञामा समेत वैदेशिक रोजगार सम्बन्धि परामर्श सेवा प्रदान गर्दै सामी परियोजना

२०७८ जेष्ठ ११, मंगलबार प्रकाशित ( साल अघि) १८५४ पाठक संख्या

रामु भुसाल
बर्दघाट, ११ जेठ । बिश्वभर आक्रान्त बनाईरहेको कोरोना भाईरसको दोस्रो लहर नेपालमा पनि फैलिएपछि लागू गरिएको निषेधाज्ञामा पनि सुरक्षित आप्रवासन परियोजना (सामी) ले नियमित रुपमा बैदेशिक रोजगारी सम्बन्धी जानकारी र बिभिन्न समस्यामा परेकालाई परामर्श दिदै आएको छ ।

परियोजना अन्तरगत जिल्ला प्रशासन कार्यालय नवलपरासी र ईलाका प्रशाशन कार्यालय सेमरीमा रहेको आप्रवासी स्रोत केन्द्रले निषेधाज्ञामा समेत समस्यामा परेका वा सुचना आवसश्यक रहेका सेवाग्राहीलाई टेलिफोन मार्फत वैदेशिक रोजगारीका बारे जानकारी दिइरहेको परियोजना संयोजक ज्ञानेश्वर भण्ण्डारीले दैनिक 24 खबर डटकमलाई जानकारी दिनुभयो ।
जिल्लाका स्थानीय सरकारको नेतृत्वमा ईन्द्रेणी सामाजिक विकास मञ्च पञ्चनगरद्धारा सञ्चालित परियोजनाले विगत ५ बर्षदेखि जिल्ला प्रशासन कार्यालय पश्चिम् नवलपरासी र ईलाका प्रशाशन कार्यालय सेमरीमा स्रोत केन्द्र राखेर वैदेशिक रोजगारी सम्बन्धी जानकारी र समस्यामा परेकालाई समाधानका लागि सहजीकरण गर्दै आइरहेको ईन्द्रेणी समाजिक विकास मञ्चका अध्यक्ष बद्रि प्रसाद सुवेदीले जानकारी दिनुभएको छ ।
कोरोना भाइरसको जोखिम र निषेधाज्ञाका कारण केन्द्रसम्म नागरिकलाई आउजाउ गर्न कठिन रहेकाले परियोजनाका कर्मचारीहरुले टेलिफोन मार्फत नै समस्यामा परेका र जानकारी लिन चाहानेलाई बिभिन्न सुचना, जानकारी र परामर्श दिदै आएको संयोजक भण्डारीले जानकारी दिनुभयो ।
वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन सञ्चालन गरिएको सुरक्षित आप्रवासन परियोजनाले सूचना दिने र सूचनाको पहुँच अभिवृद्धि गर्न आप्रवासी श्रोतकेन्द्रको स्थापना गरेको हो ।परियोजनाले वैदेशिक रोजगारीको क्रममा समस्यामा परेका तथा ठगीएका व्यक्तिहरुको न्यायमा पहुँच बढाउने, यसका लागि उजुरी र गुनासो सुनुवाई र कार्यान्वयनको प्रभावकारिता अभिवृद्धि गर्ने, वैदेशिक रोजगारीमा जान चाहनेहरुलाई व्यवसायिक सीप तालिम दिलाउने, वित्तिय साक्षरता कक्षा सञ्चालन गर्ने र वैदेशिक रोजगारीका कारण समस्यामा परी दैनिक कार्यमा समेत असहज भएका हरुलाई घरमै गई मनोपरामर्श, सल्लाह, सुझाव समेत दिइदै आएको अध्यक्ष सुवेदीले बताउनु भयो । हालको अवस्थालाई मध्यजनर गर्दै परियोजनाले सबै काम टेलिफोन मार्फत सञ्चालन गर्दै आएकोे छ ।बैदेशिक रोजगारीको समस्या बाहेक पनि हाल परियोजना अन्त्रगत रहेका मनोसामाजिक परामर्शकर्ताले कोरोना संक्रमितहरुलाई समेत मनोमरामर्श दिदै आएको परियोजनाकी मनोपरामर्शदाता सुमित्रा चौधरीले जानकारी दिनुभयो ।
नेपाल सरकार र स्वीस सरकारको द्धिपक्षिय सम्झौता अनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, र स्थानीय सरकारको नेतृत्व र हेल्भेटास नेपालको सहयोगमा पश्चिम नवलपरासीका सुस्ता बाहेकका सबै पालिकाहरुमा यो परियोजना सञ्चालनमा रहेको छ ।
संस्थाले एक सुचना प्रकाशित गर्दै कुनै पनि बैदेशिक रोजगारीका बारे वा कुनै पनि परामर्श लिन परेमा आफ्ना परियोजनाका कर्मचारी तथा परियोजनाको ०७८५२०३११ र ९८५७०८०६५१ र ९८५७०८५४४० मा फोन गर्न समेत आह्वान गरेको छ । संस्थाले मनोपरामर्श लिने वा लिन चाहने ब्यक्तीको विवरण गोप्य राख्ने समेत जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस