२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

दैनिक24खबर डटकमले आफ्नै कार्यालयमा मनायो प्रथम वार्षिकोत्सव

२०८० श्रावण १०, बुधबार प्रकाशित ( साल अघि) ४४० पाठक संख्या

परासी, १० साउन । रमादेवी मिडिया प्रालिद्धारा प्रकाशित दैनिक24खबर डटकम अनलाईन पत्रिकाले आफ्नो वार्षिक उत्सवको अवसरमा विशेष कार्यक्रम गरेको छ । अनलाईन पत्रिकाले रामग्राम–३ परासी लोकतान्त्रिक चोकस्थित आफ्नै कार्यालयमा आज एक विशेष कार्यक्रम गरि वार्षिकोत्सव मनाएको हो ।
अनलाईनका सञ्चालक एवं सम्पादक मोहन पौडेलको अध्यक्षता तथा रामग्राम नगरपालिकाकी उपमेयर सम्झना चौधरीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा उपमेयर चौधरीले दैनिक24 खबर डटकमलाई दोस्रो वर्ष प्रवेशको अवसरमा बधाई तथा शुभकामना व्यक्त गर्र्दैै छोटो समयमा अनलाईनले पाठकवर्गको विश्वास जित्न सफल भएको बताउनुभयो ।
पछिल्लो समय सबैको हातहातमा मोबाईल भईरहँदा अनलाईन सञ्चारमाध्यमको महत्व बढ्दै गईरहेको भन्दै उहाँले अनलाईन मिडियाको माध्यमबाट समाचार सजिलै प्राप्त गर्न सहज भएको बताउनुभयो । उहाँले अनलाईनका सञ्चालकले आफ्नो आमाको नामबाट मिडिया स्थापना गरि आमाप्रति देखाउनुभएको सम्मान प्रशंसनीय रहेको बताउनुभयो ।
दैनिक24 खबरका सल्लाहकार एवं उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय सदस्य रामजी ज्ञवालीले आफूले नियमित रुपमा दैनिक24 खबरमा प्रकाशित समाचारहर पढ्ने गरेको र विश्स्नीय रहेको बताउनुभयो । आगामी दिनमा पनि यो अनलाईनले प्रगति गर्दै जाओस भन्दै उहाँले मिडियाको निरन्तरताका लागि सक्दो सहयोग गर्ने बताउनुभयो ।
नागरिक समाजका अध्यक्ष राधेश्याम सिंह सैथवारले दैनिक24 खबर अनलाईनमा अहिले सम्म प्रकाशित समाचार र सामग्री अत्यन्त उत्कृष्ट रहेको भन्दै आगामी दिनमा पनि निरन्नरता दिन आग्रह गर्नुभयो । नेपाल पत्रकार महासंघ नवलपरासीका पूर्वसभापति केशव पराजुलीले जिल्लामा सञ्चालित अन्य अनलाईनको तुलनामा दैनिक 24खबर डटकमले मौलिक र विश्वस्नीय समाचार प्रकाशन गरिरहेको भन्दै शुभकामना व्यक्त गर्नुभयो । उहाँले अनलाईनको विकासक्रमसँगै कपिपेष्ट गर्ने प्रचलन बढ्दै जाँदा पत्रकारितामै चुनौती थपिएको बताउनुभयो ।
दैनिक24 खबर अनलाईनका सञ्चालक एवं सम्पादक मोहन पौडेलले छोटो समयमै अनलाईनलाई विश्वास गरि सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा राख्दै उहाँले व्यवसायिक पत्रकारितालाई अघि बढाउँदै जाने बताउनुभयो ।
दैनिक24 खबरका संरक्षक रमादेवी पौडेलको विशेष आतिथ्य रहेको उक्त कार्यक्रममा नेपाल लेखापढी कानून व्यवसायी एसोसियसनका केन्द्रीय सदस्य अर्जुन बहादुर क्षेत्री, नेपाल पत्रकार महासंघ नवलपरासीका सचिव राजकुमार रेश्मी, रेडियो परासीका प्रबन्ध निर्देशक मेघराज गौतम, पीस क्लव ईण्टरनेशनलका अध्यक्ष शम्भु उपाध्याय, समाजसेवी लक्ष्मी क्षेत्री, नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष सन्दिप अग्रहरी, रामग्राम जेसीजका अध्यक्ष वेनीमाधव बस्याल, रामनगर जेसीज भूमहीका अध्यक्ष कुस्माकर चापागाई,नवलपरासी टेलरिङ्ग व्यवसायी संघका अध्यक्ष राजु देवान लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

3 4 5 6

7

7

362901812_2033768053635548_4541582456319699701_n

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस