२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

“दैनिक24खबर डटकम” दोस्रो वर्षमा प्रवेश

२०८० श्रावण १०, बुधबार प्रकाशित ( साल अघि) १६३५ पाठक संख्या

दैनिक24खबर डटकम दोस्रो वर्षमा प्रवेश गरेको छ । रमादेवी मिडिया प्रालिद्धारा प्रकाशित दैनिक24खबर डटकम आजदेखि पहिलो वसन्त पूरा गरि दोस्रो बसन्तमा प्रवेश गरेको हो ।
यस अवसरमा हाम्रा समस्त पाठक,विज्ञापनदाता, लेखक,सल्लाहकार, सहयोगी एवं शुभचिन्तक सबैमा हार्दिक आभार एवं शुभकामना व्यक्त गर्दछु ।
हाम्रा प्रिय पाठक तथा पत्रकारहरुको योगदानका कारण छोटो समयमै हामीले यस क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएका छौँ । प्रविधिको विकासँगै मोबाईलको बढ्दो पहुँच, सामाजिक सञ्जालको प्रयोगमा वृद्धि जस्ता कारणले नेपालमा अनलाईन सञ्चारमाध्यमको अपरिहार्यता भएको छ । डिजिटल मिडियाको विकासक्रम सँगै नागरिकलाई सूसूचित गराउने दातित्व पूरा गर्न हामीले शुरुवात गरेको यात्राले पहिलो वर्ष पूरा गरेको छ ।
नागरिकको व्यस्त जीवनशैली र क्षणभरमै समाचार प्राप्त गर्ने आम नागरिकको मागलाई मध्यनजर गर्दै पश्चिम नवलपरासीको सदरमुकाम परासीबाट प्रकाशन शुरु गरिएको अनलाईन पत्रिकाको यो छोटो अवधिमा हामीले विभिन्न चुनौतीलाई सामना गर्दै डिजिटल मिडियाको भीडमा आफ्नो अलग पहिचान बनाउन सफल भएको अनूभूति गरेका छौँ ।
छोटो समयमै दैनिक24खबर डटकमलाई अलग पहिचान बनाउन हाम्रो एकल प्रयासले मात्र नभई तपाई पाठकवर्ग, विज्ञापनदाता, शुभेच्छुक एवं शुभचिन्तक सबैको महत्वपूर्ण भूमिका रहेको छ । “सबैको विचार : सत्य,तथ्य र निष्पक्ष समाचार” भन्ने भावनालाई आत्मसाथ गर्दै आगामी दिनमा पनि हामी समाजमा भएका सकारात्मक कार्यलाई प्रोत्साहन र विकृति, विसंगती,भ्रष्टाचार, अनियमिततालाई निरुत्साहित गर्दै आम नागरिकलाई सूसूचित बनाउने कार्यमा कटिवद्ध रहने छौँ । व्यवसायिक र निष्पक्ष पत्रकारितामा हामी प्रतिबद्ध छौँ ।
दैनिक24खबर डटकम गत वर्ष आजकै दिन सूचना तथा प्रशारण विभागमा दर्ता भई औपचारिक रुपमा सञ्चालनमा आएको थियो । हामीले यस ववघिमा स्थानीय समाचारलाई उच्च प्राथमिकता दिँदै सत्य, तथ्य र निष्पक्ष समाचारलाई आधार बनाई सूचनाको पहिलो स्रोतको रुपमा स्थापित गर्ने प्रयास गर्दै आएका छौँ । यो एक वर्षको यात्रालाई अनुभव र सिकाइको रुपमा ग्रहण गर्दैै आगामी दिनमा थप विश्लेषणात्मक तथा खोजमूलक समाचार र भूँई मान्छेका खबरसहित थप विविधिताका साथ तपाईहरुमाझ उपस्थित हुनेछौँ ।
लामो राजनीतिक परिवर्तनसँगै अव हामी सबैको ध्यान मुलुकको आर्थिक विकास र समृद्धिमा केन्द्रीत भएकोले हामी पनि सोही अनुसारको जिम्मेवारीलाई बहन गर्दै अघि बढ्नेछौँ । लोकतान्त्रिक मुल्य र मान्यता, स्वतन्त्र प्रेस र अभिव्यक्ति स्वतन्त्रतामा हामी किमार्थ सम्झौता गर्दैनौँ । आगामी दिनमा तपाईहरुको महत्वपूर्ण र रचनात्मक सुझाव, सल्लाहको अपेक्षा सहित पाठकवर्गको चाहना अनुसारको सूचना र समाचारलाई जोड दिँदै थप परिस्कृत रुपमा हामी उभिनेछौँ ।
हाम्रो सफलताको एक वर्षे यात्राको क्रममा यो अवनरत साथको लागि यहाँहरु सबैमा आभार व्यक्त गर्दै हामीलाई सहयोग गर्नुहुने समस्त पाठकवर्ग, विज्ञापनदाता, पत्रकार, सल्लाहकार, सहयोगी, शुभचिन्तक सबैलाई धन्यवाद दिन चाहन्छौँ । आगामी दिनमा पनि यहाँहरुको साथ,सहयोग निरन्तर रहनेमा विस्वस्त छौँ । धन्यवाद ।
    मोहन पौडेल
सञ्चालक एवं सम्पादक

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%६%

प्रतिक्रिया दिनुहोस