२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

सुनवलका युवाको अभियान -अति विपन्नको चुलो बालौं

२०७८ जेष्ठ ११, मंगलबार प्रकाशित ( साल अघि) ७१७ पाठक संख्या

रमेश भुसाल
सुनवल, ११ जेठ । पश्चिम नवलपरासीको सुनवलका युवाहरुले अति विपन्न घरपरिवारलाई मध्यनजर गर्दै चुलो बालौं अभियान संचालन गरेका छन् । कोरोनाको महामारी सुरु भएदेखि नै विपत्तिमा युवाहरुको सक्रियता हुनुपर्छ भन्ने उद्देश्य सहित वि. सि डब्लु युथ नेपाल क्लव मार्फत यहाँका युवाहरुले अति विपन्न घरपरिवारहरुलाई सहयोग गर्दै आइरहेका छन् ।
कोरोना भइरसको दोस्रो भेरियन्टसंगै जिल्लामा जारी भएको निषेधाज्ञाका कारण काम गरेर विहान साँझ छाक टार्न नसक्ने घरपरिवारलाई चुलो बालौं अभियान संचालन गरी घरघरमै पुगेर सहयोग गरेको क्लवका सचिव एवं चुलो बालौं अभियानका संयोजक रोशन श्रेष्ठले दैनिक 24 खबर डटकमलाई बताउनुभयो ।

दोस्रो चरणको कोराना महामारीको सुरुमै कोभिडका विरामीहरुको उपचारमा अक्सिजनको अभाव नहोस् भनेर मेरो एक हजार अक्सिजनको लागी भन्ने अभियान संचालन गरेको यश क्लबले अहिले र अति विपन्न गरिव, मजदुरहरुले भोकै बस्न नपरोस् भनेर चुलो बालौं अभियान संचालन गरेको श्रेष्ठले बताउनुभयो ।
गत बर्ष कोरोना महामारीको बेला सुरुदेखि नै सक्रिय भैइ लागेका वि.सि, डब्लु युथ नेपालमा आबद्ध युवाहरुले हुनेले दिनुस नहुनेले लिएर जानुस् भन्ने नारा सहित फुड वैंक संचालन गरेका थिए । जसबाट नवलरासी, पुर्वि नवलपरासी र रुपन्देहिका केहि विपन्न घरपरिवार, वृद्धआश्रममा वस्ने जेष्ठ नागरिक तथा पैसाको अभावमा उपचार हुन नसकेका विरामीहरु लाभान्वित भएको क्लबले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस