२०८२ भाद्र १, आईतबार
24 खबर अपडेट

व्यवसायी ओमप्रकाश अग्रहरीद्धारा २५ थान अक्सिजन सिलिन्डर रिफिल गरि हस्तान्तरण

२०७८ जेष्ठ १०, सोमबार प्रकाशित ( साल अघि) ७७२ पाठक संख्या

परासी, १० जेठ । कोरोना संक्रमितको जीवन रक्षाका लागि पश्चिम नवलपरासीका व्यवसायी ओमप्रकाश अग्रहरीले अक्सिजन व्यवस्थापनका लागि सहयोग गर्नुभएको छ ।
ओम नेचर फुड्स प्रालि रामग्राम- १५ का अध्यक्ष एवं नवलपरासी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अग्रहरीले आज आफ्नो व्यक्तिगत खर्चबाट २५ वटा अक्सिजन सिलिन्डर रिफिल गरि पृथ्वी चन्द्र अस्पताल परासीलाई हस्तान्तरण गर्नुभएको उद्योगका प्रबन्ध निर्देशक अमित अग्रहरीले दैनिक 24 खबर डटकमलाई जानकारी दिनुभयो ।
अक्सिजनकै अभावका कारण धेरै कोरोना संक्रमितले ज्यान गुमाउनु परेको भयावह अवस्थालाई मध्यनजर गर्दै आफूले उक्त सहयोग गरेको बताउनुभयो । उहाँले सहयोग अभियानलाई आवश्यकता अनुसार निरन्तरता दिने पनि प्रतिवद्धता जनाउनुभयो ।
सिलिन्डर बुझ्दै अस्पतालका निमित्त मेसु डाक्टर मोहम्मद नुरुल होदाले सहयोगी हातहरु बढ्दै गएको भन्दै खुशी व्यक्त गर्नुभयो । अहिलेका संक्रमितमा धेरै जसो निमोनियाको लक्षण देखिएको र जटिल अवस्था भए पछि मात्र अस्पताल आउने कारणले ओैषधीले मात्र निको हुने अवस्था नरहेको बताउनुभयो । अस्पतालमा अहिले दैनिक ४०अक्सिजन सिलिन्डर खपत भईरहेको उहाँले बताउनुभयो ।
उक्त अवसरमा अस्पतालका व्यवस्थापक सुरेन्द्र अधिकारी , रामग्राम जेसीजका निवर्तमान अध्यक्ष सन्दिप अग्रहरी, नवलपरासी टेलरिङ्ग व्यवसायी संघका अध्यक्ष राजु देवान,रामग्राम जेसीजका उपाध्यक्ष विष्णुराज राव लगायतको पनि सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस