२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

लागूऔषध सम्बन्धि सचेतना कार्यक्रमको प्रभाव – पोखरापालीमा प्रहरीद्धारा गाँजा नष्ट

२०८० जेष्ठ १, सोमबार प्रकाशित ( साल अघि) ४५८ पाठक संख्या

परासी, १ जेठ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा सञ्चालन गरिएको लागूऔषध दुर्व्यसन,कुलत न्यूनीकरणका लागि सचेतना कार्यक्रमको प्रभाव देखिन थालेको छ । नगरका विभिन्न चार स्थानमा गरिएको उक्त कार्यक्रमपछि स्थानीय युवाहरूले प्रहरीलाई विशेष सूचनाहरु दिन थालेका छन् ।
यसैक्रममा पश्चिम नवलपरासी प्रहरीले अवैध गाँजा नष्ट गरेको छ। जिल्लाको रामग्राम-६ पोखरापालीस्थित मस्जिद नजिकै प्राकृतिक रुपमा उम्रेको गाँजा नष्ट गरिएको हो।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आज बिहान उक्त स्थानमा प्राकृतिक रुपमा आफै उम्रेको अबैध गाँजा नष्ट गरेको कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले दैनिक 24 खबरलाई जानकारी दिनुभयो ।
केही दिन अघि रामग्राम नगरपालिकाको सहयोगमा रमादेवी मिडिया प्रालिले जिल्ला प्रहरी कार्यालयको सहकार्यमा लागूऔषध दुर्व्यसन,कुलत न्यूनीकरणका लागि नगरका विभिन्न स्थानमा सचेतना कार्यक्रम सञ्चालन गरेको थियोे । सोही कार्यक्रममा सहभागीहरुले उक्त स्थानमा गाँजा रहेको जानकारी प्रहरीलाई दिएपछि उक्त गाँजा नष्ट गरिएको डिएसपी पाण्डेले बताउनुभयो ।
प्रहरीले त्यहाँको सार्वजनिक जग्गामा उम्रिएको करिब साढे दुई सय बोट गाँजा नष्ट गरेको हो । नेपालमा गाँजा खेती प्रतिबन्धित छ । लागूऔषधजन्य बनस्पति गाँजाबाट चरेस बनाएर बिक्रीवितरण हुने भएकोले यसलाई प्रतिबन्ध लगाईएको प्रहरीले जनाएको छ

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस