२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

लागूऔषध दुव्र्यसनबाट युवाहरुलाई जोगाउन प्रयासरत छौँ : उप–प्रमुख चौधरी

२०८० बैशाख १५, शुक्रबार प्रकाशित ( साल अघि) ७०४ पाठक संख्या

परासी, १५ वैशाख । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाकी उप–प्रमुख सम्झना चौधरीले लागूऔषध दुव्र्यसनबाट युवाहरुलाई जोगाउन रामग्राम नगरपालिका गम्भीर भएर लागिरहेको बताउनुभएको छ । उहाँले सभ्य समाज निर्माणमा हातेमालो गर्न आग्रह पनि गर्नुभयो ।
रामग्राम नगरपालिकाको सहयोग, जिल्ला प्रहरी कार्यालयको सहकार्य र रमादेवी मिडिया प्रालि नवलपरासीको सहजीकरणमा आज रामग्राम–१५ स्थित जनता मावि शुक्रौलीमा आयोजित लागूऔषध दुव्र्यसन, कूलत न्युनीकरणका लागि सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर चौधरीले सभ्य र सुसंस्कृत समाज निर्माणमा सवैको सहकार्य आवश्यक रहेको बताउनुभएको हो ।

Ja3

 

लागूऔषधका घटनाले व्यक्ति,परिवारमा मात्रै नभई सामाजिक समस्या पनि बढीरहेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । दुव्र्यसनी एकैपटक अन्त्य नभएपनि आफूबाटै प्रतिबद्धता गरी न्यूनीकरणमा लाग्न सके सभ्य समाज निर्माणमा टेवा पुग्ने उहाँले बताउनुभयो ।
रामग्राम–१५ का वडा अध्यक्ष धनपत यादवले लागूऔषध दुव्र्यसनको समस्या बढ्दै गईरहेको भन्दै उहाँले यसको न्यूनीकरणका लागि सबैको पहल आवश्यक रहेको बताउनुभयो । लागूऔषधले व्यक्ति, परिवार, समाज र सिंगो राष्ट्रलाई नै असर गरिरहेकोले आफूले पनि नखाने र अरुलाई पनि नखाने सल्लाह दिन आग्रह गर्नुभयो । असल समाज निर्माणमा आफूहरु लागिरहेको बताउँदै उहाँले त्यसका लागि सबै पक्षको सहयोग र साथ आवश्यक हुने उल्लेख गर्नुभयो ।

Ja1

 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक(डिएसपी) भोजराज पाण्डेले लागूऔषध अपराध प्रहरीको एकल प्रयास र कानूनी कारवाहीबाट मात्रै नियन्त्रण सम्भव नरहेको बताउनुभयो । उहाँले सभ्य, शान्त र अपराधरहित समाज निर्माणका लागि समाजको सबै तहबाट सहकार्य गरी अपराध न्यूनीकरणका लागि पहल गर्नुपर्नेमा जोड दिनुभयो । डिएसपी पाण्डेले लागूपदार्थको परिचय, यसको कूलतमा लाग्न नदिने उपाय,अपराधमा संलग्न हुनेलाई हुने कानूनी सजाय लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो ।
यसैगरी विद्यालयका प्रधानाध्यापक चन्द्रमणि लम्सालले विद्यालयमा तहमा सञ्चालन गरिएका यस किसिमका कार्यक्रम निकै फलदायी भएको बताउनुभयो । बालबालिका उमेरदेखि नै यस किसिमका सचेतना कार्यक्रम गर्दा प्रभावकारी हुने बताउँदै उहाँले लागूऔषध दुव्र्यसनमुक्त समाज निर्माणमा सबै मिलेर लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा उक्त विद्यालयका कक्षा ९ र १० मा अध्यनरत विद्यार्थीहरुको सहभागिता रहेको रमादेवी मिडिया प्रालिका प्रबन्ध निर्देशक मोहन पौडेलले बताउनुभयो ।

Ja4

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस