२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

बस दुर्घटनामा चारको मृत्युु,४९ घाइते

२०७८ जेष्ठ ५, बुधबार प्रकाशित ( साल अघि) ८५५ पाठक संख्या

मोहन पौडेल
परासी,५ जेठ – नवलपरासी (बर्दघाट सुस्ता पश्चिम ) मा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दघाट– ४ स्थित दाउन्ने जङ्गलको खुर्सानी खोला नजिकै आज बिहान ६ बजे बस दुर्घटना भएको हो ।
बस सडकबाट दुई सय मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ाठमाडौंको माछापोखरीबाट रुकुम पश्चिमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक बासुदेव नेपालले जानकारी दिनुभयो ।
ज्यान गुमाउने मध्ये रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका ६ बस्ने २७ वर्षीय कल्पना पुन र सिस्ने गाउँपालिका ४ बस्ने धनरज धर्तिको मात्र सनाखत भएको छ । बसमा अन्दाजी ५८ यात्रु रहेको र ती मध्ये ४९ घाइतेहरुलाई घटनास्थलबाट उद्दार गरि स्थानीय चिसापानी अस्पताल र सञ्जिवनी अस्पतालमा पठाईएको प्रहरीले जनाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिनुभयो । बसमा सवार पाँच जना सकुशल रहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%३%

प्रतिक्रिया दिनुहोस