२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

नेपाल जेसीजको क्षेत्र घ अध्यक्ष भेला रामग्राममा हुँदै,पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने

२०७९ चैत्र २५, शनिबार प्रकाशित ( साल अघि) ७९६ पाठक संख्या

मोहन पौडेल
परासी, २५ चैत । पश्चिम नवलपरासीस्थित ऐतिहासिक नगर रामग्राम परासीमा नेपाल जेसीजको क्षेत्र घ अध्यक्ष भेला हुने भएको छ ।
रामग्राम जेसीजको आतिथ्यमा नेपाल जेसीजको क्षेत्रगत अध्यक्षहरुको भेला अन्तरगत क्षेत्र ‘घ’ अध्यक्ष भेला सदरमुकाम परासीमा हुन लागेको हो ।
भगवान्  गौतम बुद्धको अस्तुधातु रहेको रामग्राम स्तूप अवस्थित  रामग्राम नगरीमा पहिलोपटक हुन लागेको जेसीजका क्षेत्रीय अध्यक्षहरुको भेलाको तयारी तीव्र रुपमा भईरहेको रामग्राम जेसीजका अध्यक्ष बेनी माधव बस्यालले दैनिक24खबरलाई जानकारी दिनुभयो ।
परासीको सिद्धार्थ पार्क रिजेन्सी होटलमा यही वैशाख एक र दुई गते हुने अध्यक्षहरुको भेलामा गैँडाकोट देखि सुदुरपश्चिमसम्मका क्षेत्र घ अन्तरगतका करिब ६० वटा शाखाका अध्यक्ष तथा राष्ट्रिय पदाधिकारीहरुको सहभागिता रहने उहाँले बताउनुभयो ।
वैशाख एक गते जेसीज साझ (सांस्कृतिक कार्यक्रम) हुनेछ भने मूख्य कार्यक्रम वैशाख दुई गते हुने अध्यक्ष बस्यालले बताउनुभयो ।
भेलामा यस क्षेत्रमा वर्ष २०२३ को जनवरीदेखि अहिलेसम्म भएका विभिन्न शाखाका गतिविधि तथा आगामी योजनाका बारेमा बृहत छलफल तथा परामर्श हुने भेलाका मूल संयोजक एवं नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष सन्दिप अग्रहरीले बताउनुभयो ।
नेपाल जेसीजको तेस्रो कार्यक्रमका रुपमा रहेको प्रेसिडेन्ट मिट क्षेत्रीय सम्मेलन भव्य रुपमा सम्पन्न गर्न पूर्व तयारीमा लागिएको उहाँले बताउनुभयो ।
रामग्राममा हुने जेसीजको क्षेत्रीय अध्यक्ष भेला कार्यक्रमबाट रामग्रामको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पुग्ने अग्रहरीको भनाइ छ । कार्यक्रमका सहभागिहरुलाई रामग्राम स्तूप र पाल्ही भगवती मन्दिरको भ्रमण गराउने कार्यक्रम पनि छ । वैशाख दुई गते देशका चार वटै क्षेत्रमा एकै दिन एकै समयमा क्षेत्रीय अध्यक्ष भेला सम्पन्न हुँदैछ

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%१%

प्रतिक्रिया दिनुहोस