२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

माईती नेपाल महेशपुरद्धारा पाल्हीनन्दन गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

२०७८ जेष्ठ ४, मंगलबार प्रकाशित ( साल अघि) ६०३ पाठक संख्या

परासी , ४ जेठ । माइती नेपाल महेशपुर पश्चिम नवलपरासीले कोरोना भाइरस महामारी नियन्त्रणका लागि पाल्हीनन्दन गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
छिमेकी मुलुक भारतसँग सीमा जोडिएको यश गाउँपालिकामा संक्रमित र मृत्युदर बढ्दै गएपछि त्यसको नियन्त्रणमा सहयोग पुर्‍याउन स्वास्थ्य सुरक्षाका सामग्री हस्तान्तरण गरिएको माईती नेपालले जनाएको छ ।
आज माईती नेपाल महेशपुरकि प्रमुख एलिशा श्रेष्ठले गाउँपालिका अध्यक्ष वैजुप्रसाद गुप्तालाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो ।
गाउँपालिका अध्यक्ष गुप्ताले उक्त संस्थाबाट मेडिकल मास्क ५०० थान,पिपिई १४ थान, पञ्जा १५० जोर,फेससिल्ड १४ थान,अक्सिमिटर एक थान,सेनिटाईजर पाँच लिटर र झुल दस थान प्राप्त भएको दैनिक 24 खबर डटकमलाई जानकारी दिनुभयो ।
अध्यक्ष गुप्ताले कोरोना नियन्त्रण अभियानमा सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभएको गाउँपालिकाका विपद् व्यवस्थापन समितिका फोकल पर्सन प्रदीप तिवारीले जानकारी दिनुभयो ।
सामग्री हस्तान्तरण गर्दै माईती नेपाल महेशपुरकि प्रमुख श्रेष्ठले कोभिड १९ नियन्त्रणमा केही भए पनि राहत होस् भन्ने उद्देश्यले सहयोग गरेको बताउनुभयो ।
माइती नेपालले महिला तथा बालबालिकाहरुको बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि नाकामा निगरानी गर्ने तथा विभिन्न जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस