२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

उबासंघ नवलपरासीले दुई सय अक्सिजन सिलिन्डरसहित पिसीआर मेसिन सञ्चालन गर्न भवन दिने

२०७८ जेष्ठ ४, मंगलबार प्रकाशित ( साल अघि) ९४८ पाठक संख्या

परासी, ४ बैशाख – निजी क्षेत्रको  प्रतिनिधिमूलक संस्था उद्योग वाणिज्य संघ पश्चिम नवलपरासीले पिसीआर परीक्षण मेशिन सञ्चालन गर्न आफनो भवन उपलब्ध गराउने भएको छ । संघीय सरकारले पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीलाई मेशिन उपलब्ध गराएको छ ।
१५ दिनअघि मेशिन आएपनि कोठा अभावले सञ्चालन आउन ढिलाई भएपछि उबासंघले आफ्नो भवन उपलब्ध गराउन लागेको संघका अध्यक्ष केशव भण्डारीले दैनिक 24 खबर डटकमलाई जानकारी दिनुभयो । ‘हाम्रो भवनमा रहेको सभाहल र कोठा उपलब्ध गराउने जानकारी अस्पताललाई दिएका छौ, यथाशिघ्र मेसिन सञ्चालनको व्यवस्थाका लागि अस्पताल लाग्नु प¥यो ’अध्यक्ष भण्डारीले भन्नुभयो ।
जिल्लामा पिसीआर परीक्षण मेशिन नहुँदा बुटवल र भैरहवा जानुपर्ने बाध्यता छ । उवासंघले भवनका लागि सहयोग गर्ने जनाएको बताउँदै अन्य स्थानमा पनि खोजी भईरहेको र नपाईए त्यही लगेर सञ्चालन गर्ने अस्पताल विकास समितिका अध्यक्ष जगदिश चौधरीले बताउनुभयो ।
यस्तै जिल्लामा अक्सिजन अभाव हुन नदिन संघले २ सय वटा अक्सिजन शिलिण्डर जिल्ला विपद् व्यवस्थापन समितिलाई उपलब्ध गराउने अध्यक्ष भण्डारीले बताउनुभयो ।
जिल्ला प्रशासनमा रहेका खाली शिलिण्डरमध्ये २ सय थान शिलिण्डरलाई रिफिल गरेर बुझाउन लागिएको अध्यक्ष भण्डारीले बताउनुभयो । जिल्लामा अक्सिजनको कमि हुन नदिनका लागि शिलिण्डर रिफिल गरेर दिन लागेको उवा संघले जनाएको छ ।
जिल्ला अस्पताल र सातै स्थानीय तहले सञ्चालन गरेका आइसोलसन सेन्टरमा अक्सिजन अभाव भएमा थप सहयोग गर्ने उहाँले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%७%

प्रतिक्रिया दिनुहोस