२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

लाखौंको केरा कुहिएपछि फलफूल व्यवसायी निराश

२०७८ जेष्ठ २, आईतबार प्रकाशित ( साल अघि) १३४७ पाठक संख्या

रमेश भुसाल

सुनपल, २ जेठ । कोरोना भाइरसले सवै तिर आक्रान्त पारेको वेला पश्चिम नवलपरासीका फलफूल व्यावसायीहरु पनि त्यसको चपेटामा परेका छन् । जिल्लामा जारी भएको निषेधाज्ञाका कारणु १० लाख वरावरको केरा गोदाममै कुहिएको व्यवसायी मेगराज हमालले वताउनुभयो ।
नेपालमा यतिवेला केरा नपाउने र भारतबाट केरा मगाउन पर्ने बाध्यता छ । यता अर्डर गरेको केरा आउन साथ निषेधाज्ञा सुरु भएपछि पश्चिम नवलरासीका बजार लगाएत रुपन्देहि , नवलपुर र चितवनका बजारमा केरा सप्लाई नहुदाँ गोदाममै कुहिएको व्यवसायी हमालको गुनासो छ । विगत ४ बर्ष देखि सुनवल- ४ मा रेसुङ्गा फ्रुट सेन्टर नै संचालन गरी फलफूलको व्यवसाय गर्नुभएका हमाल चिन्तित हुदै २० टन केरा कुहिएपछि फाल्नुको विकल्प नभएकोे वताउनुहुन्छ ।
पहिलो चरणको कोरानाले नै थला पारेको व्यापार व्यावसाय दोस्रो भेरियन्टको कोरोना भाइरसको संक्रमण झनै फैलिदा निषेधाज्ञा अगाडिनै अडर गरेको केरा लगाएतका फलफुल विक्री नहुँदा फलफूल व्यवसायी मर्कामा परेका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस