२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

पश्चिम नवलपरासीमा निषेधाज्ञा उल्लंघन गर्नेलाई होल्ड

२०७८ जेष्ठ १, शनिबार प्रकाशित ( साल अघि) १३०३ पाठक संख्या

परासी, १ जेठ । नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले आजदेखि निषेधाज्ञा थप कडाइ गरेको छ ।
निषेधाज्ञा कार्यान्वयन गराउन सुरक्षाकर्मीहरुलाई सडकका चोक तथा गल्लीहरुमा परिचालन गरिएको छ। निषेधाज्ञाको पालना नगर्नेहरुलाई दण्डित गर्न पनि थालिएको छ ।
निषेधाज्ञा उल्लंघन गर्दै जथाभावी सवारीसाधन चलाउनेहरुलाई कारबाही स्वरुप होल्ड गरेर छोड्न थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजु लामाले दैनिक 24 खबर डटकमलाई जानकारी दिनुभयो ।
जिल्लाका विभिन्न स्थानमा त्यसरी हिँड्नेहरुलाई डेढ घण्टा सम्म होल्ड गराई सम्झाएर अब देखि निषेधाज्ञा पालना गर्ने शर्तमा मात्रै पठाउन थालिएको उहाँले बताउनुभयो ।
यस्तै आज परासी बजारमा विहानको दृष्य भने फरक थियो। निषेधाज्ञाको पालना गराउन जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर राय,रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ता, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्र, प्रहरी उपरीक्षक अजय केसी ,डीएसपी लामा लगायतको टोलि आफै सडकमा निस्केर अनुगमन गरेको थियोे ।
सीडीओ मिश्र र जिसस प्रमुख राय सहित सुरक्षा निकायको टोलिले आज गोपिगन्ज देखि सुस्ता सम्म अनुगमन गरेको जिसस प्रमुख रायले बताउनुभयो ।
जिल्लामा संक्रमणदर र मृत्युदर बढ्दै गएपछि आगामी जेठ १५ सम्म निषेधाज्ञा थपिएको छ । यश अबधिमा बैंक तथा वित्तीय संस्था र पसल व्यवसाय पनि ठप्प पारिएकोले सदरमुकाम सहित जिल्लाका अधिकांश क्षेत्र सुनसान बनेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
११%१%१%

प्रतिक्रिया दिनुहोस