२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

रामग्राम नगरपालिकाका प्रमुख चढ्ने गाडी एम्बुलेन्स बन्यो 

२०७८ बैशाख ३१, शुक्रबार प्रकाशित ( साल अघि) १०३६ पाठक संख्या

परासी , ३१ वैशाख । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क‍‍ो एक स्थानीय तहका प्रमुखले आफू चढ्दै आएको सवारी एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिने घोषणा गरेका छन् ।
कोभिड १९ संक्रमणको दोस्रो लहर तीव्र रूपमा फैलिदाँ संक्रमितहरूले एम्बुलेन्स नपाएर उपचारमा समस्या भोग्न नपर‍ोस् भन्ने उद्देश्यले रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र गुप्ताले आफूले चढ्दै आएको गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिनुभएको हो ।
एम्बुलेन्सको अभावमा समयमै अस्पताल पुग्न नसकेर कुनै पनि नगरवासीले अकालमा ज्यान गुमाउन नपरोस् भनेर आफूले चढ्दै आएको लु१ झ ४७३ नम्बरको सरकारी गाडी एम्बुलेन्स बनाएको उहाँले बताउनुभयो ।
नगरप्रमुख चढ्दै आएको उक्त गाडी अब नगरभित्रका संक्रमितलाई आईसोलेशन र अस्पतालसम्म तथा अस्पतालबाट घरसम्म पुर्‍याउने कार्यमा प्रयोग हुने नगरपालिकाले जनाएको छ ।
रामग्राम नगरपालिका भित्र जिल्ला अस्पताल, रेडक्रस लगायतका एम्बुलेन्स रहेका छन् । तर जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गईरहेकोले बिरामीहरुलाई ओसार पसार गर्न सहज होस् भन्ने उद्देश्यले उक्त निर्णय गरेको नगर प्रमुख गुप्ताको भनाइ छ ।
एम्बुलेन्स बनाउने घ‍ोषणासँगै उक्त गाडीले आजैदेखि कोभिडका बिरामी बोक्न थालेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश पन्थीले जानकारी दिनुभयो ।
कोभिड संकटको बेला जनप्रतिनिधि जनताप्रति उत्तरदायी नभएको आरोप लागिरहेकै बेला रामग्राम नगरपालिकाको यो निर्णय आएको हो । जनप्रतिनिधि चढ्ने गाडीलाई एम्बुलेन्स बनाउने निर्णय गर्ने रामग्राम नगरपालिका जिल्लाको पहिलो स्थानीय तह हो ।
स्वास्थ्य कार्यालयका अनुसार रामग्राम नगरपालिकामा हाल ३०१ जना सक्रिय संक्रमित रहेका छन् भने कोरोना संक्रमणकै कारण नगरपालिका भित्रका २२ जनाले ज्यान गुमाएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१०%७%३%१%

प्रतिक्रिया दिनुहोस