२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

नवलपरासीमा पन्ध्र दिन निषेधाज्ञा थपियो, बैंक नखुल्ने ,कडाइ गर्दै प्रशासन

२०७८ बैशाख ३१, शुक्रबार प्रकाशित ( साल अघि) १८०८ पाठक संख्या

परासी , ३१ वैशाख । दोस्रो लहरको कोभिड १९ संक्रमण र मृत्युदरसमेत बढ्दै गएपछि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम ) मा थप पन्ध्र दिन निषेधाज्ञा थपिएको छ ।
तीव्र रुपमा फैलिरहेको संक्रमण थप फैलिन नदिन तथा यसको रोकथाम,नियन्त्रण र उपचारलाई प्रभावकारी बनाउन भन्दै आज राति १२ बजेदेखि लागू हुने गरि आगामी जेठ पन्ध्र गतेसम्म निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बैठकले यसअघिको भन्दा कडाइका साथ निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो । यसअघि वैशाख २१ गते राति १२ बजेदेखि आज राति १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गरिएको थियो ।
निषेधाज्ञाको अबधिमा अत्यावश्यक बाहेक कोही पनि घर बाहिर ननिस्कन र जथाभावी हिँडडुल गर्न रोक लगाईएको छ । समुदायमा संक्रमण थप फैलिन नदिन अत्यावश्यक वस्तु तथा सेवा मध्ये ओैषधी,ईन्धन र पानी बाहेकका कुनै पनि पसल व्यवसाय सञ्चालन गर्न रोक लगाईएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले दैनिक 24 खबर डटकमलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार बैंक तथा वित्तीय संस्थाहरुको सेवा अर्को सूचना नआए सम्मको लागि स्थगित गरिएको छ । संक्रमणको त्रासका बीच बैंकहरुमा सर्वसाधारणको भिड लाग्दै आएको थियोे ।
भारतसँग सीमा जोडिएका नाकाबाट आवातजावत पूर्णरूपमा बन्द गरिएको छ । सीमावर्ती क्षेत्रमा नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त निगरानी बढाईने प्रजिअ मिश्रले भन्नुभयो । अत्यावश्यक सेवाका बाहेक निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाईएको छ ।
विवाह तथा मृत्यु संस्कारमा पन्ध्र जना भन्दा बढी सहभागी हुन नपाईने र स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न भनिएको छ ।
उद्योग तथा निर्माण क्षेत्रमा कार्यरत कामदारलाई सम्बन्धित उद्योग वा कार्यरत स्थल भित्र राख्ने व्यवस्था मिलाउन निर्देशन गरिएको छ ।
निषेधाज्ञाको उल्लंघन गर्ने तथा आदेशको पालना गर्ने क्रममा अबरोध गर्ने माथि संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी मिश्रले जानकारी दिनुभयो ।
जिल्लामा कोरोना भाईरस संक्रमण तीव्र रुपमा फैलिरहेको छ । स्वास्थ्य कार्यालयका अनुसार हाल जिल्लामा सक्रिय संक्रमितको संख्या एक हजार दुई सय पुगेको छ भने बैशाख महीनामा मात्रै कोभिड १९ संक्रमणबाट ५३ जनाले ज्यान गुमाईसकेका छन् ।

Received_500180084442330

Received_938728490225550

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१२%३%३%१%

प्रतिक्रिया दिनुहोस