Dengu
गाैरीशकर जयसवाल
परासी ३० बैशाख । रामग्राम नगरपालिकाका मेयर नरेन्द्र गुप्ता काेभिड संक्रमित बिरामीहरूलाई घरमै पुगेर हौसला बढाउन थाल्नुभएको छ । वडा नं ४मा रहेका काेभिड संक्रमित बिरामीहरूलाई उच्च मनाेबल बढाउन हौसला बढाउँदै ओैषधी पनि वितरण गर्नुभएको हो ।
गुप्ताले विभिन्न प्रकारका भिटामिन, मास्क, सेनिटाईजर वितरण गरेकाे रामग्राम नगरपालिकाकाे वडान ४ का वडाअध्यक्ष मदन यादवले जानकारी दिनुभयो ।
नगरप्रमुख गुप्ताले हाेम आईसाेलेसनमा बसेका बिरामिहरूकै घरमा पुगि सिटामाेल,भिटामिन सि,भिटामिन बि टुबेल,जीवन जल मास्क र सेनेटाईजर लगायतकाे अैाषधि बितरण गरेको रामग्राम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेश पन्थिले बताउनुभयो।
काेभिड सक्रमित बिरामिहरूकाे उच्च मनाेबल र क्षमता बढाउने उदेश्यले उक्त अैाषधि घरमै पुगि बितरण गरिएकाे नगरप्रमुख गुप्ताले बताउनुभयो ।नगरभित्र रहेका काेभिड बिरामीलाई अैाषधी घरमा पुगि क्रमश बितरण गर्ने बताउनुभयो ।
हाेम आईसाेलेसनमा बसेका काेभिड संक्रमित बिरामिहरूलाई आवश्यकता अनुसार माेबाईलमा स्वास्थकर्मी मार्फत परामर्श दिने र उनिहरूकाे अवास्थाबारे जानकारी लिदै आएकाे नगरप्रमुख गुप्ताले जानकारी दिनुभयो ।
नगरपालिकाले बीस बेड मध्ये दस बेड अक्र्सिजन सहितकाे आईसाेलेसन सेन्टर सचालन गरिरहेकाे छ ।